नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेकपा विप्लब समूहकी काठमाण्डौ सेक्रेटरी भृकुटी पक्राउ

ओखलढुङ्गान्युज, साउन १५ काठमाण्डौं । नेकपा विप्लब समूहकी काठमाण्डौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय भृकुटीलाई प्रहरीले पक्राउ गरेको छ । भृकुटीलाई नेपाल प्रहरीको टोलीले मंगलबार दिउसो काठमाण्डौंको बुढानिलकण्ठवाट पक्राउ गरेको हो ।

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेकपालाई नेपाल सरकारले प्रतिबन्ध लगाए सगै नेकपाको नेता तथा कार्यकर्तालाई नियन्त्रणलाई तिब्रता दिएको छ । विप्लब समुहको नेकपालाई प्रतिबन्ध लगाए सगै प्रहरीले उक्त समूहका सयौ नेता तथा कार्यकर्तालाई पक्राउ गरि मुद्धा चलाई रहेको छ । त्यस्तै विभिन्न मुठभेड तथा विष्फोटमा परि करीब १ दर्जन नेता तथा कार्यकर्ताले ज्यान गुमाई सकेका छन् ।

गत साउन ५ गते विप्लव समूहको उपत्यका व्यूरो ईञ्चार्ज माईला लामालाई प्रहरीले पक्राउ गरे सगै सेक्रेटरी भृकुटीको खोजीलाई समेत तिब्रता दिएको थियो । पक्राउ परेकी भृकुटीको स्थायी घर कालिकोट जिल्ला हो । उनी पहिलो संबिधानसभाको निर्वाचन २०६४ मा नेकपा माओवादीको तर्फवाट निर्वाचित सांसद हुन् ।