नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

बालिकालाई करणी गरेको आरोपमा ओखलढुङ्गामा बृद्ध पक्राउ

ओखलढुङ्गान्युज, साउन ३ ओखलढुङ्गा । ओखलढुङ्गामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन् । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका वडा नं. ६ की १० वर्षिया एक बालिकालाई जवरजस्ती करणी गरको आरोपमा बृद्ध पक्राउ परेका हुन । पक्राउ पर्नेमा चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरेका ६५ बर्षिय बृद्ध अम्बर बहादुर रानामगर रहेका छन् ।

रानामगरले बालिकाको घरमा कोही नभएको मौका छोपी बालिकालाई ललाईफकाई जवरजस्ती करणी गरेको पिडित पक्षले आरोप लगाएको छ । गत असार ३० गते बालिकालाई शौचालयमा लगेर करणी गरेको किटानी उजुरी बालिकाका आफन्तले प्रहरीमा दिएका थिए । आफन्तको उजुरीको आधारमा आरोपी बृद्ध रानामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो ।

बालिकालाई करणी गरेको खबर आफन्तवाट बाहिर आएपछि भने आरोपी रानामगर घरबाट भागेका थिए । प्रहरीमा उजुरी आएपछि पक्राउका लागि खटिएको प्रहरीको आखाँ छल्दै भाग्दै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । प्रहरी चौकी निशंखेवाट खटिएको प्रहरीको टोलीले आरोपी रानामगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रानामगरलाई अदालतवाट म्याद थप गरि थप अनुसन्धान भैरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । रुम्जाटार अस्पतालमा लगि बालिकाको स्वास्थ्य परीक्षण गरिएको र बालिकाको अबस्था भने सामान्य रहेको बताईएको छ ।