नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

पानीले तराई डुवायो, पहाडमा मूल पलाएन

ओखलढुङ्गान्युज, साउन २ ओखलढुङ्गा । भिषण वर्षातका कारण आएको बाढिले तराईमा डुबान सृजना गरेको छ । देश भर झण्डै १ सय बढिल ज्यान गुमाईसके । ओखलढुङ्गामा पनि पाँच जनाले ज्यान गुमाए । तर ठूलो पानी परेर क्षति गरेपनि खोलानालामा मूल नफुट्दा ओखलढुंगामा अझै रोपाई भएको छैन ।

सानासाना खोल्साको आसा र आकेसे पानीको भरमा मात्रै रोपाई गरीने भएका कारण ओखलढुङ्गाका अधिकांश ठाउँमा रोपाई नभएको हो । लगातार ४ दिनसम्म मुसलधारे पानी परेको भएपनि पानीको मूल पलाउने ठाउँमा पानीको मुल नपलाएको कारण अझै रोपाइँ हुन नसकेको हो ।

साउन लाग्दा पनि ओखलढुङ्गामा करीब १२ प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ । पानीको मूल नपलाउदा मध्ये वर्षात् साउन लागिसक्दा पनि जिल्लाका ८८ प्रतिशत खेतमा रोपाइँ हुन सकेको छैन् । अघिल्ला वर्षहरुमा यो समयमा ५५ देखि ६० प्रतिशत रोपाइँ सकिने गरेको भएपनि यसवर्ष १२ प्रतिशत मात्रै रोपाइँ भएका कारण खेत बाँझै रहेको हो ।

जिल्लाको खेती योग्य भूमिमा समेत धान रोप्न नसकेका कारण अर्को वर्ष जिल्लामा खाद्य संकटको अवस्था सिर्जना हुनसक्ने सम्भावना भएको छ । धान ढिलो रोप्दा उत्पादनमा समेत कमी आउने कृषि प्राविधिकहरु बताउँछन् । यो वर्ष राम्रोसग पानी नपरेका कारण ब्याड मै विउ सुकेर गएको छ । मकैपनि राम्रो फलेको छैन । खडेरीका कारण कतिपयको खेतमा विऊ नउम्रीदा धान रोप्न नपाएको कृषकहरुको गुनासो छ ।

पछिल्लो समय केही दिन पानी परेको भए पनि अझै मुल नफुटेका कारण उम्रीएको बिउपनि रोपाई गर्न सकिएको छैन । धानको बिउ सबै सुकेर गएको र पानीको मुल नपलाएका कारण रोपाई हुन नसकेकोको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ । कृषि ज्ञानकेन्द्र ओखलढुङ्गाका अनुसार ओखलढुङ्गामा ६ हजार २ सय ५० हेक्टर जमीनमा कृषकहरुले धान खेती गर्दै आएका छन् ।