नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

भिजन आइडलमा ‘टप टेन’ छानिए

ओखलढुङ्गान्युज, साउन १ ओखलढुङ्गा । भिजन आईडल सिजन थ्रि को पाचौं चरण सम्पन्न भएको छ । जारी भिजन आइडलमा पाचौं चरण सकिएसँगै ‘टप टेन’ छनौट गरिएको छ । आइडलको पाँचौ चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट १० जना छानिएका हुन् ।

भिजन नेपाल ओखलढुङ्गाले आयोजना गरेको आइडलको यसपटकको तेस्रो संस्करणमा जम्मा ४५ जनाले मात्रै सहभागीता जनाएका थिए । गत वर्षको सिजन दुईमा ओखलढुङ्गा जिल्लाका छिमेकी जिल्लाहरु उदयपुर, सिन्धुली, खोटाङमा समेत छनौटका कार्यक्रमहरु भएका थिए । यसपटक ओखलढुङ्गा सदरमुकाममा मात्रै आईडका सिजन चरणहरु सञ्चालन गरिएको हुदा सहभागीहरुको संख्या कम भएको आयोजकले जनाएको छ ।

आइृडलमा सहभागी ४५ जनामा विभिन्न चरण पारगर्ने उत्कृष्ट दश जना छानिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । स्थानीय स्तरका नवप्रतिभावान् कलाकारहरुको क्षमताको विकास गर्ने उद्देश्यले आइडल सञ्चालन गरिएको न्यौपाने बताउनुभयो । छानिएका दश जनाले फाइनल चरणमा भोली अर्थात भिजन नेपाल र भिजन साप्ताहिकको तेस्रो वार्षिकोत्सवको अवसरमा साउन २ गते हुने आयोजकले जनाएको छ ।

आइडलमा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट १० ले मेडल र मायाको चिनो प्राप्त गर्नेछन् । विगत तीन वर्ष यता ओखलढुङ्गामा वर्षेनी भिजन आइडल सञ्चालन हुँदै आएको छ । भिजनले हरेकवर्ष साउन २ गते फाईनल गर्नेगरि भिजन आइडल र फाल्गुण २ गते फाइनल गर्ने गरि भिजन डान्सिङ स्टार सञ्चालन गर्दै आएको छ ।