नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

भिजन आईडलको तेश्रो संस्करण सुरु

ओखलढुङ्गान्युज, असार २३ ओखलढुङ्गा । ओखलढुङ्गामा आईतवारवाट भिजन आईडलको तेश्रो संस्करण सुरु भएको छ । स्थानीय स्तरमा रहेका नवप्रतिभावान कलाकारहरुको पहिचान तथा क्षमताको विकास गर्ने उद्देश्यले आईतबारबाट आइडल सुरु गरिएको हो ।

भिजन नेपाल ओखलढुङ्गाले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आईडलको तेश्रो संस्करण सुरु गरेको हो । सञ्चारका क्षेत्रमा काम गर्ने भिजनले ओखलढुङ्गामा हरेक वर्ष यसै सिजन पारेर आइडल सञ्चालन गर्ने गरेको छ । सञ्चारमाध्यमका तर्फबाट युवाहरुमा रहेको कलाको विकास गर्ने उद्देश्य राखेर विगत तिन वर्षदेखि सुरु गरिएको आइडललाई यसवर्ष पनि निञ्तरता दिईएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताउनुभयो । अध्यक्ष न्यौपानेका अनुसार आईतवार र शोमवार अडिसन सञ्चालन हुनेछ । अडिसन राउण्ड पारगर्नेहरुले दोस्रो राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

आईडलको दोश्रो सिजन ओखलढुङ्गाका विभिन्न स्थानीय तह र आसपासका जिल्लामा पुगेर अडिसन सञ्चालन गरेको थियो । यसवर्ष ओखलढुङ्गाको सदरमुकामबाटै सबै ठाँउका सहभागी छनौट गरिने संस्थाका उपाध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभयो । भिजनले हरेकवर्ष साउन २ गते फाईनल गर्नेगरि भिजन आइडल र फाल्गुण २ गते फाइनल गर्नेगरि भिजन डान्सिङस्टार सञ्चालन गर्दै आएको छ ।

अडिसनमा ५० जना भन्दा सहभागीले प्रतिस्पर्धा गर्ने भिजन नेपालका सचिव एसबी जेरोले बताउनुभयो । उहाँका अनुसार ओखलढुङ्गाका र आसपासका जिल्लाका नवकलाकारहरु आइडलमा सहभागी छन् ।

प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश ः नगद ३० हजार, २० हजार, १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट १० ले मेडल र मायाको चिनो प्राप्त गर्नेछन् । आईडलको फाईनल भिजन नेपाल र भिजन साप्ताहिकको तेस्रो वार्षिकोत्सवको अवसरमा साउन २ गते हुने आयोजकले जनाएको छ ।