नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु

विएन श्रेष्ठ, असार ११ ओखलढुङ्गा । बुधवार ओखलढुङ्गामा भिरवाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ५ साविकको बर्णालु गाविसका फुर्वाकाजी शेर्पा रहेका छन् ।

सिद्धिचरण नगरपालिका वडा नं. ५ साविकको वर्णालु गाविसको हिले भन्ने स्थानको भिरवाट लडेको स्थानीयले बताएका छन् । मृतक शेर्पा ओखलढुङ्गा–रुम्जाटार सडक खण्डको हिले भन्ने ठाउँको सडकवाट करीब २ सय मिटर तल झरेका हुन् ।

घटना बारे स्थानीयले जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजिव श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थल तर्फ गएको छ । यो समाचार तयार पार्दा सम्म घटनास्थल तर्फ प्रहरीको टोली गएको भएपनि घटनास्थलमा नपुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले जानकारी दिनुभयो । प्रहरीको टोली घटनास्थलमा पुगेपछि मात्रै घटनाको बारेमा थप विवरण आउने प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभयो ।