नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कार्यालयमै मृत भेटिए अदालतका कर्मचारी

ओखलढुङ्गान्युज जेठ ११, ओखलढुङ्गा । जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहेका एक कर्मचारी कार्यालय भित्रै मृत भेटिएका छन् । जिल्ला अदालतका कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका वडा नं. ३ केराउस्वाँराका ४६ वर्षीय पोष्ट प्रसाद दाहाल कार्यालय समयमा कार्यालय भित्रै मृत भेटिएका हुन् ।

जिल्ला अदालत ओखलढुङ्गाका श्रेष्तेदार नेत्रबन्धु पौडेलका अनुसार रातिको समयमा कार्यालयमा बस्ने दाहाल दिउँसो सुत्ने गरेका थिए । उनी शुक्रबार दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटिएका हुन् । अदालतको कर्मचारी आवास गृहमा शुक्रबार दिउसो दाहाल मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिनुभयो ।

लामो समयदेखि मुटुको समस्यामा रहेका दाहालको मादक पदार्थ सेवनले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । पोष्ट मार्टमका लागि दाहालको शब रुम्जाटार लगिएको छ । पोष्टमार्टम पछि शव परिवारलाई जिम्मा लगाउने पनि प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभये। घटनाका विषयमा थप अनुन्सन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक दहाल अस्थायी करार सेवामा २०६२ सालदेखि जिल्ला अदालत ओखलढुङ्गामा कार्यरत रहँदै आएका थिए ।