नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

दुलही झै सिंगारियो ओखलढुङ्गा, ८० भन्दा बढि भित्रिए राष्ट्रिय प्रख्यात साहित्यकार

विएन श्रेष्ठ, जेठ ९, ओखलढुङ्गा । आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ८ औं जन्म जयन्ती । युगकविको जन्मदिनको अबसरमा ओखलढुङ्गामा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरिदैछ । जन्मोत्सवको अबसरमा विहिबार नै सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीवाट युगकवि श्रेष्ठको पूर्णकदको सालिक र स्रष्टापार्कको आज समुद्घाटन हुनेछ ।

युगकवि श्रेष्ठको जन्मोत्सवको अबसर पारेर हुने कार्यक्रमको अवसरमा ओखलढुङ्गा सदरमुकाममा पाल्नुहुने अतिथि पाहुनाहरुका लागि लक्षित गरेर ओखलढुङ्गा सदरमुकाम तथा सिद्धिचरण पार्क दुलही झैं सिंगारिएको छ । ओखलढुङ्गा सिंगारिए सगै बुधवार साझ सम्म करीब ८० भन्दा बढि साहित्यकार, कलाकार र पत्रकारहरु ओखलढुङ्गा सदरमुकाम आईपुगेका छन् । विहिवार नै युगकविको जन्मोत्सवको अवसरमा पारेर आईपुगेका राष्ट्रिय प्रख्यात साहित्यकारहरुको सहभागितामा साहित्यिक गोष्ठि समेत सञ्चालन हुनेछ । त्यस्तै सोच नेपालको सहयोगमा निर्माण भएको सिद्धिचरण नगरपालिकाको मोबाईल एप्सको समेत आजै उद्घाटन गरिदैछ ।

कार्यक्रमका लागि ओखलढुङ्गा आईपुग्नुहुने राष्ट्रपति भण्डारी करीब २ घण्टा ओखलढुङ्गा बस्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी सवार हेलिकप्टर ११ बजे ओखलढुङ्गा आईपुगेर नेपाल आर्मीको क्याम्पमा अवतरण गर्ने कार्यक्रम छ । त्यस्तै ११ बजेर २० मिनेटमा पूर्ण कदको सालिकको अनावरण तथा स्रष्टापार्कको उद्घाटन गरी ११ बजेर ३० मिनेट जादा कार्यक्रमको सभास्थलमा सम्बोधनका लागि पुग्नुहुनेछ । कार्यक्रमलाई सम्बोधन गरी सकेपश्चात तुरुन्तै आर्मी क्याम्पमा आएर राष्ट्रपति काठमाण्डौं फर्कनुहुनेछ ।

राष्ट्रपतिको आगमनलाई लक्षित गरेर सदरमुकाम आसपासको सुरक्षा व्यबस्था अत्यन्तै कडा बनाईएको छ । सुरक्षाका लागि राष्ट्रपतिको सवार हुने क्षेत्र आसपासमा नेपाली सेनाको तालिम प्राप्त कुकुर सहितको टोली खटिएको छ । सुरक्षामा नेपाली सेनाको विशेष टोली समेत खटिएको छ । त्यस्तै नेपाल प्रहरी, शशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली समेत कार्यक्रम स्थलमा खटिएका छन् । राष्ट्रपतिको सुरक्षालाई ध्यानमा राखेर कार्यक्रम हुने मञ्चमा संघिय प्रतिनिधीसभाका सांसदलाई समेत प्रवेश नदिने गरि मञ्चको तयारी भएको छ ।