नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

दुलही झै सिंगारियो युगकविको जन्मथलो ओखलढुङ्गा

विएन श्रेष्ठ, जेठ ८, ओखलढुङ्गा । ओखलढुङ्गा सदरमुकाम तथा सिद्धिचरण पार्क दुलही झैं सिंगारिएको छ । विहिवार सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारी ओखलढुङ्गा आउने तय भएसगै ओखलढुङ्गा दुलही झै सिंगारीएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ८ औं जन्मजयन्तीका अवसरमा शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न राष्ट्रपति भण्डारी विहिबार ओखलढुङ्गा आउने कार्यक्रम तय भएको हो ।

जिल्ला सदरमुकाममा राष्ट्रपति भण्डारीको आगमन हुने भएपछि स्वागतका लागि सिद्धिचरण नगरपालिकाले तयारी भव्य बनाएको छ । ओखलढुङ्गा  सदरमुकाममा निर्माण गरिएको स्रष्टापार्कको उद्घाटन र युगकवि सिद्धिचरण श्रेष्ठको पूर्णकदको शालिक अनावरण गर्न राष्ट्रपति भण्डारी आउने भएकाले स्वागतका लागि भव्य तयारी गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो । आज नगरपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय एकताको प्रतिक राष्ट्रपति भण्डारीको आगमन सगै सिद्धिचरण नगरपालिकालाई  समृद्धि बनाउन र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिरएको मेयर श्रेष्ठले बताउनुभयो ।

राष्ट्रपतिको भ्रमणलाई लक्षित गरेर जिल्लाको सुरक्षा व्यबस्था पनि कडा पारिएको छ । सदरमुकाम बजारमा तुल, व्यानर राखेर स्वागतका लागि तयारीका साथै तोरणले बजार क्षेत्र अहिले झकिझकाउ बनाईएको छ । राष्ट्रपतिको गाडी आवागमन हुने सडक क्षेत्रमा विग्रिएका सडकहरुलाई धमाधम मर्मत कार्य भैरहेको छ । राष्ट्रपतिको ओखलढुङ्गा आगमनलाई सफल पार्नका लागि ओखलढुङ्गा सदरमुकाममा रहेका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरु, सुरक्षा निकाय, स्थानीय नागरिक, पत्रकार खटिईरहेका छन् । कार्यक्रमको तयारीका लगि बनाईएको स्टेज, गेट व्यानर लगायतले सदरमुकाम अहिले वेहुली घर झै झिलीमिली बनेको छ ।

राष्ट्रपति भण्डारीसगै कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका विशिष्ट व्यक्तीहरु समेत आउने कार्यक्रम रहेको आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

युगकवि श्रेष्ठको जन्मथलो ओखलढुङ्गामा विहिवार हुने १ सय ८ औं जन्मजयन्तीको अवसर पारेर हुने अन्य साहित्यिक कार्यक्रमहरुमा सहभागी हुन बरिष्ठ साहित्यकार प्राज्ञ बैरागी काईला, एम पी लोहनी, प्रा.डा. गार्गी शर्मा, नरेशवीर शाक्य, बरिष्ठ गीतकार राजेन्द्र थापा लगायत १ सय भन्दा बढि विशिष्ट साहित्यकार, गीतकार, गायक, पत्रकारहरुको उपस्थिती रहने छ । युगकवि श्रेष्ठको जन्मोत्सवको अवसरमा जेठ ९ गते नै साहित्यीक रचना बाचन गोष्ठि समेत हुने कार्यक्रम आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ ।