नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सूचना दिवसको अवसरमा मोलुङमा बक्तृत्वकला प्रतियोगिता

ओखलढुङ्गान्युज, बैशाख २० प्राप्चा । सूचना दिवसको अवसरमा ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा विहिवार अन्तर माद्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा ‘सुचना प्रविधी मैत्री मोलुङको परिकल्पना, विकास र समृद्धिको बृहत सम्भावना’ भन्ने मूल नाराका साथ ‘स्थानीय तहमा सुचना प्रबिधीको महत्व’ विषयमा अन्तर माद्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

विद्यालय तहवाट नै सुचना प्रबिधीको महत्व र उपयोगिताका सन्दर्भमा जनचेतना फैलाउने कार्यक्रमको उद्देश्य रहेको छ । त्यस्तै यसलाई सूचना तथा सार्वजनिक सेवा प्रवाहको अभिन्न अङ्गको रुपमा विकास गर्दै लैजाने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको मोलुङ गाउँपालिकाका सुचना अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो ।

प्रतियोगितामा मोलुङ गाउँपालिकाका ९ ओटै माद्यमिक विद्यालयका १७ जना छात्र–छात्राले सहभागिता जनाएका थिए । प्रतियोगितामा बरुणेश्वर माद्यमिक विद्यालय रामपुरका छात्रा विनिता नेपाल प्रथम, बरुणेश्वर कै दिपेन्द्र दाहाल द्वितिय भएका छन् । त्यस्तै शिवदुती माद्यमिक विद्यालय प्राप्चाका छात्रा राधिका पोख्रेल तृतिय तथा सरस्वती माद्यमिक विद्यालय कुन्तादेवीका छात्र भुवन धमलाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजयी छात्र–छात्रा तथा विद्यालयहरुलाई गाउँपालिकाको तर्फवाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मोलुङ गाउँपालिकाका प्रमुख मणीराज राई, उपप्रमुख हेमकुमारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शमशेर बहादुर राई, मोलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामकुमार ढकाल लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।