नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

रामेछापमा बसवाट खस्दा एकको मृत्यु

ओखलढुङ्गान्युज, बैशाख १६ मन्थली । रामेछापमा बसवाट खस्दा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं. २ टेकनपुरकी २२ वर्षीया सुमित्रा कार्की रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकाको वडा नं. २ लिपेखोलामा आईतवार दोलखाबाट रामेछापको सदरमुकामतर्फ आउँदै गरेको बा ३ ख ३२६१ नम्बरको अरनिको यातायातको बसको ढोकाबाट खस्दा कार्कीको ज्यान गएको हो ।

बसको ढोकाबाट खसेकी कार्कीलाई गाडी गुड्ने क्रममा ठक्कर दिएको थियो । घटनास्थलमा गम्भीर घाइते भएकी उनलाई मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार गरिएके थियो । कार्कीको मन्थलीमा उपचार हुन नसकी थप उपचारको लागि काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएकी १६ वर्षीय मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको भने अवस्था अहिले सामान्य रहेको पनि प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र गाडीका चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रोमछापले जनाएको छ ।