नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

ओखलढुङ्गान्युज, बैशाख १६, काठमाण्डौं । एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको दोश्रो संस्करणको उपाधि नेपालले आफ्नो हात पारेको छ । पलिो ओलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै दोश्रो संस्करणको उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल भएको हो ।

थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा जम्मा ८१ रन मात्रै बनाएपछि नेपालले सहजै रुपमा जित हात पारेको हो ।

प्रतियोगिताको फाईनलमा मलेसियाका तीन खेलाडीबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् । मलेसियाका लागि मोहम्मद हजिक ऐमानले १८ र वान मोहम्मद अजामले १६ रन बनाएका थिए । त्यस्तै अर्का खेलाडी जिनेन्द्र मुरलीले १४ रन बनाउन सफल भएका थिए ।

मलेसियाले २१.५ ओभरमा सातौं विकेट गुमाएको थियो । खेलमा मलेसियाले आठौं विकेटका लागि मोहम्मद हजिक ऐमान र जिनेन्द्र मुरलीले पारी सम्हालेका थिए । ऐमान र मुरलीले २८ रनको साझेदारी गर्दै मलेसियालाई उकास्ने कोशिस त गरेका थिए । तर हजिक ऐमान आउट भएसँगै मलेसिया थप दबाबमा आएको थियो ।

मलेसियालाई सस्तै रनमा समेट्ने क्रममा नेपालका विशालले चार विकेट र दीपकले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।