नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ससफोको अध्यक्षमा नेम्वाङ

ओखलढुङ्गान्युज, बैशाख १३, ओखलढुङ्गा । संघिय समाजवादी फोरम ओखलढुङ्गाको अध्यक्षमा नेत्र बहादुर नेम्वाङ नरेश निर्वाचित हुनुभएको छ । संघिय समाजवादी फोरम ओखलढुङ्गाको विहिवार सम्पन्न जिल्ला भेलाले नेम्वाङको नेतृत्वमा पछि १० सदस्य थप गर्नेगरि ३१ सदस्यीय जिल्ला समन्वय समितिको गठन गरिएको संघिय प्रेस फोरमका उपाध्यक्ष कुल बहादुर तामाङले जानकारी दिनुभयो ।

अध्यक्ष नेम्वाङ यसअघि पार्टीको जिल्ला उपसचिव र संघीय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष समेत भैसक्नु भएको छ । विहिबारको भेलाले नयाँ समितिको चयन गरेको भएपनि एकमहिना भित्र बस्ने समन्वयको बैठकले जिल्लाका अन्य पदाधिकारीहरुको टुङ्गो लगाउने पनि निर्वाचित अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

बैशाख १५ र १६ गते प्रदेश नं. १ को पार्टीको प्रथम अधिबेशनमा सहभागी हुन ९ जना प्रतिनिधिहरु समेत चयन गरेको छ । भेला बैकल्पिक केन्द्रिय सदस्य नवराज गुरुङको प्रमुख आतिथ्यता र जिल्ला समितिका अध्यक्ष धिरेन्द्र रुम्दालीको अध्यक्षतामा सम्पन्न भएको हो ।