नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

धादिङलाई केन्द्रविन्दु बनाएर बुधबार ५.२ म्याग्नीच्युडको भूकम्प

ओखलढुङ्गान्युज, बैशाख ११ काठमाण्डौं । बुधवार एकाविहानै काठमाण्डौं आसपासको क्षेत्रमा शक्तिशाली भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार विहान ६ बजेर २९ मिनेटमा धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर ५ दशमलब २ म्याग्नीच्युटको भुकम्प गएको जनाएको छ ।

 

बुधवारको भूकम्प नयाँ नभई २०७२ सालको बैशाख १२ र १३ मा गोर्खालाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब २ म्याग्नीच्युडको पराकम्प भएको राष्ट्रिय आपतकालीन केन्द्रले जनाएको छ । बुधवार विहान गएको पहिलो भूकम्पको पराकम्पको करीब १० मिनेट पछि तुरुन्तै अर्को ४ दशमलब २ म्याग्नीच्युडको भूकम्पको पराकम्पन गएको थियो ।

काठमाण्डौमा एकाविहानै भूकम्पले हल्लाएपछि उपत्यकाबासी आतंकित भएका थिए । भूकम्प गएको भन्दै घरभित्र रहेकाहरु सडकमा जम्मा हुन थालेका थिए । २०७२ सालमा गएको भूकम्प जस्तै आजको भूकम्पको पराकम्पन पनि केही लामो समयसम्म रहेको थियो । बुधबारको भुकम्पको पराकम्पनवाट हाल सम्म भने कुनैपनि क्षति भएको विवरण भने प्राप्त भएको छैन ।