नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

लोकतन्त्र दिवशमा रामेछापमा मैत्रीपुर्ण फुटबल

ओखलढुङ्गान्युज, बैशाख ११ रामेछाप । १३ औँ लोकतन्त्र दिवशको अवसरमा रामेछापमा फटवल प्रतियोगिताको आयोजना गरिएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बुधवार मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको हो  ।

रामेछापको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोगमा जिल्लाको क्रियाशिल महिला पत्रकार समूह (डब्लु. डब्लु. जे.) जिल्ला शाखा रामेछापको आयोजनामा मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

मैत्रीपूर्ण खेलको पहिलो खेलमा रामेछापका विभिन्न सन्चारमाध्यमहरुमा कार्यरत पत्रकार र मन्थली नगरपालिकाका जनप्रतिनिधि विच भएको थियो । खेलमा निर्वाचित जनप्रतिनिधिहरुको समुहले पत्रकारहरुको समुहलाई ३ गोलले पराजित गरेको थियो ।

त्यस्तै दोश्रो खेलमा उद्योग वाणिज्य संघ रामेछाप र निजामति कर्मचारी समुह बिच खेल सम्पन्न भएको थियो । उक्त मैत्रिपूर्ण प्रतिष्पर्धामा भिड्दा उद्योग वाणिज्य संघ रामेछापले निजामति कर्मचारी समुहलाई २ गोलले पराजित गरेको छ । खेलमा सहभागी  भएका सबै खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो  ।