नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

दुर्घटना अपडेट ः मृतक ६ मध्ये ५ जनाको नाम खुल्यो, तिनजनाको अवस्था गम्भिर

ओखलढुङ्गान्युज, चैत १७, ओखलढुङ्गा । स्कार्पियो गाडी दुर्घटनामा ज्यान गुमाएका ५ जना मृतकको नाम खुलेको छ । ज्यान गुमाउनेहरुमा ताप्लेजुङ जिल्लाका मिङमा शेर्पा, काठमाण्डौंका नुर्बु शेर्पा, ताप्लेजुङ कै सांग्रीला शेर्पा, काठमाण्डौंका डोल्मा शेर्पा र ठेगाना नखुलेका डम्बरा शेर्पा रहेका छन् ।

मृतक अर्का एकजनाको भने नाम ठेगाना खुल्न सकेको छैन । सोलुखुम्बूबाट ओखलढुङ्गा हुदै काठमाण्डौ तर्फ जादै गरेको  बा १६ च २२०६ नम्बरका स्कारपियो गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा परि एक नाबालक सहित तिनजना गम्भिर घाईते भएका छन् । घाईते मध्ये एक गाडीका चालक रहेको घटनास्थलमा पुग्नुभएको मानेभञ्ज्याङ्ग गाउँपालिकाका उपाध्यक्ष सविता राईले जानकारी दिनुभयो ।

घाईतेहरुको उदयपुरको कटारी नगरपालिका ११ घुर्मीमा रहेको आस्था हस्पिटलमा उपचार भैरहेको छ । घाईतेहरुको अवस्था गम्भिर रहेकोले उनिहरुको थप उपचारका लागि काठमाण्डौ तर्फ पठाउने तयारी भैरहेको पनि उपाध्यक्ष राईले जानकारी दिनुभयो । मृतकका शबलाई उठाएर पोष्ट मार्टमका लागि रुम्जाटार अस्पताल तर्फ पठाईदै छ ।

सोलुबाट काठमाण्डौ जादै गरेको उक्त स्कार्पियो गाडी मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ थाक्ले, हिलेपानी भन्दा केही तल भडारे खोला नजिकै आईतवार दिउसो १२ बजेतिर दुर्घटनामा परको थियो । दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।