नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

दुखद खबर ः ओखलढुङ्गामा गाडी दुर्घटना, ६ जनाको घटनास्थलमा नै मृत्यु

ओखलढुङ्गान्युज, चैत १७, ओखलढुङ्गा । ओखलढुङ्गावाट काठमाण्डौ तर्फ जादै गरेको गाडी आज दुर्घटनामा परेको छ । गाडी दुर्घटना हुदा गाडीमा सवार रहेका ६ जनाको घटनास्थलमा ज्यान गएको छ । काठमाण्डौं तर्फ जादै गरेको बा १६ च २२०६ नम्बरका स्कारपियो गाडी दुर्घटनामा परेको हो ।

उक्त गाडि मानेभञ्ज्याङ्ग गाउँपालिका अन्तर्गत पर्ने साविकको टोक्सेल हर्कपुर गाविस र थाक्ले गाविसको सिमानामा पर्ने भडारे खोला नजिकै दुर्घटनामा परेको हो । घटनास्थलमा अहिले उद्धारको कार्य भैरहेको बताइएको छ ।

घटनामा अरु के कति क्षति भएको हो भन्ने बारेमा थप विस्तृत विवरण भने आउन बाकी रहेको छ ।