नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

महाअभियानमा ओखलढुङ्गामा ९६ सवारी चालकमाथि कार्बाही

ओखलढुङ्गान्युज, चैत १५ ओखलढुङ्गा । ओखलढुङ्गामा १५ दिनमा विभिन्न सवारीका ९६ सवारी चालक कारबाहिमा परेका छन् । समुदाय प्रहरी साझेदारी अन्तर्गत नेपाल प्रहरीले फागुन ३० देखी दुर्घटना न्युनिकरण गर्ने १५ दिने महाअभियान सञ्चालन गरेको थियो । यस महाअभियान अन्तर्गत जिल्लाबाट बाहिरीने तथा भित्रिने ९६ सवारी साधनका चालक कारवाहिमा परेका हुन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्रगत सुरु गरिएको उक्त महाअभियानको औपचारिक कार्यक्रमका विच विहिवार समापन गरिएको छ । जिल्ला सदरमुकामको मिलनचोकमा रहेको अस्थायी ट्राफिक प्रहरीविट नजिक गरिएको अभियान समापन कार्यक्रममा ओखलढुंगाका ट्राफिक ईन्चार्ज पदम प्रसाद भट्राइले अभियानका क्रममा कारबाहिमा परेका सवारी साधनको विवरण प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तुत गरिएको विवरण अनुसार सवारी चेकजाँच गर्दा नियम उल्लङघन गर्ने ९६ सवारी चालक कारबाहिमा परेका हुन । सवारी चालकहरुले लापरवाहि तरिकाले सवारी चलाउने, प्रयोजन विपरीत चलाउने, सवारीसगँ सम्बन्धित कागजात नबोक्ने, क्षमताभन्दा बढि यात्रु बोक्ने, सवारी चलाउँदा मोबाईल फोन प्रयोग गर्ने लगायतको गल्ती गरेको ईञ्चार्ज भट्टराईले बताउनुभयो ।

महाअभियानका अबधिमा कारबाहिमा पर्ने सवारी साधनहरुमा ३५ वटा जिप, ५ वटा बस, २४ ट्रक, २२ मोटरसाईकल र ९ वटा ट्रयाक्टर रहेका छन् । सवारी चालकहरुलाई गरिएको कारबाहीबाट ४३ हजार राजश्व समेत उठाईएको छ । १५ दिनको अबधीमा निश्चित समयमा गरिएको चेकजाँचवाट समेत यति धेरै सवारी साधन कार्बाहीमा परेका हुन् ।

प्रहरीको महाअभियान कार्यक्रमलाई, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने लगायतले सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा बक्ताहरुले प्रहरीको महाअभियान राम्रो काम भएको भन्दै यसलाई यातायात व्यबसायी तथा सवारी चालकहरुलाई कार्बाहीको रुपमा मात्रै नलिन आग्रह गर्नुभयो । सवारी चालकहरुको काधमा हजारौं जनाको जिवनको जिम्मा समेत रहेको हुदा सानो लापरवाही र कमजोरीका कारण उनीहरुको ज्यान जोखिममा रहने भएकोले यसतर्फ सजग हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला बाहिर जाने लामो दुरीका यात्रुबाहक वसमा डस्विनको प्रयोग अनिवार्य गरिने जानकारी गराईएको छ । यात्रुहरुले गरेका बान्ता तथा बसभित्र उत्पन्न हुने फोहोर व्यवस्थापन गर्न डस्विन अनिवार्य गरिने भएको हो । यात्रुहरुले बान्ता गरेर सवारी साधनको भ्mयालबाट जथाभावी फोहोर फाल्ने हुँदा सडक फोहोर हुने  भएकाले त्यसको न्युनिकरणका लागि डस्विन अनिवार्य गर्न लागिएको हो । त्यस्तै लामोदुरीका सवारी साधनहरुमा आरक्षित कोटालाई पनि कडाईका पूर्वक कार्यान्वयन गराईने पनि ट्राफिक प्रहरीले जनाएको छ ।