नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

चट्याङ लागेर ओखलढुङ्गामा एक गम्भिर घाईते

ओखलढुङ्गान्युज, चैत १२ भदौरे । मंगलवार विहान हुरीवतास सगै परेको चट्याङका कारण ओखलढुङ्गामा एकजना युवती गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा चिशंखुगढि गाउँपालिका वडा नं. ६ भदौरे, साविकको भदौरे गाविस वडा नं. ३ की अन्दाजी वर्ष २५ की सुनिता थापा रहेकी छन् ।

विहान उठेर मोवाईल चार्ज गर्न लाग्दैगर्दा चट्याङ सहितको करेन्ट लागेर उनी बेहोस भएकी थिईन । बेहोस भएकी थापालाई स्थानीयहरुले सातो गएको भन्दै धामीझाक्री लगाएका थिए । विहान करीब साढे पाँचबजे चट्याङसगै करेन्ट लाग्दा बेहोस भएकी थापाको विहान ९ बजे सम्म पनि बेहोस नै रहेपछि जिल्ला सदरमुकामवाट गाडि झिकाएर जिल्ला सामुदायीक अस्पताल सोब्रुमा पठाईएको थियो ।

चट्याङका कारण चिशंखुगढी गाउँपालिका वडा नं. ६, साविकको भदौरे ४ का विउरमान आलेमगर र सोही स्थानकी एकल महिला डिल्लीमाया आलेमगररको घरमा क्षति भएको छ । चट्याङका कारण दुवैजनाको घरमा रहेको विद्युतको मिटरबक्स जलेको छ । घरमा गरिएको वायरिङका सबै तारहरु जलेका भदौरेवाट स्थानीय मोहन कार्कीले जानकारी दिनुभयो ।

यो समाचार तयार पार्दासम्म जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले भने आफुहरुलाई केहीपनि जानकारी नभएको जनाएको छ । बेहोस अवस्थामा रहेकी सुनिताको अहिले सामुदायीक अस्पताल सोब्रुमा उपचार भैरहेको पारिवारिक श्रोतले जनाएको छ । अस्पताल प्रशासनले भने अहिले उनको होस आएको र उपचार भैरहेको जनाएको छ ।