नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सिन्धुलीमा आईसिटि सम्बन्धि एकदिने अभिमुखीकरण सम्पन्न

ओखलढुङ्गान्युज, चैत ८ सिन्धुली । आज सिन्धुलीमा एकदिन आईसिटी सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत युएसएआईडी र एफएचआई ३६० को आर्थिक सहयोगमा हुराडेक नेपालले अभिमुखीकरण कार्यक्रमको समन्वय गरेको हो ।

हुराडेक नेपाल दोलखाको समन्वयमा सम्पन्न भएको तालिममा हुराडेक अन्तर्गतका सिन्धुली, दोलखा, रामेछाप र सोच नेपाल अन्तर्गत ओखलढुङ्गाका गरि २१ जनाले अभिमुखिकरण कार्यक्रममा सहभागिता जनाएका थिए । अभिमुखीकरणको समन्वय भने एफएचआई ३६० का क्न्सल्ट्यान्ट सन्तोष गड्तौलाले गर्नुभएको थियो ।

आभिमुखीकरणमा सुचना र सञ्चारको पछिल्लो विकासक्रम सगै नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गतका संस्थाहरुले सञ्चालन गरिरहेका पैरवीका कार्यक्रमहरुलाई कसरी सामाजिक सञ्चार माध्यमहरुसँग जोडेर लान सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो । सामाजिक सञ्जालको बढ्दो प्रयोग सगै स्थानीय तहका ऐन, कानून तथा कार्यक्रमहरुलाई नागरिकले आफ्नोपन महसुस हुनै गरि सुचना र प्रबिधीको प्रयोग गरि स्थानीय सरकारसग कसरी मिलाएर लैजान सकिन्छ भन्ने बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउनुभएको तिनै जिल्लाका सहभागीहरुलाई हुराडेक नेपाल अन्तर्गत पारस्पारिक जवाफदेहिता परियोजना सिन्धुलीका कार्यक्रम अधिकृत सुष्पा भुजेलले अबिर तथा खादक ओढाएर स्वागत गर्नुभएको थियो । त्यस्तै अभिमुखीकरणको समापन गर्दै हुराडेक नेपाल दोलखाका प्रबन्ध निर्देशक सुन्दर लामिछानेले कार्यक्रम निकै उपलब्धी मुलक भएकोले व्यबहारमा पनि उपलब्धि हुनेगरि कार्यान्वयन गर्न सबै सहभागीहरुलाई अनुरोध गर्नुभएको थियो । अभिमुखीकरण सिन्धुलीको सिन्धुलीगढी होटलमा सम्पन्न भएको हो ।