नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

हा¥यो नेपाल, गुमायो मौका

ओखलढुङ्गान्युज, चैत ८ विराटनगर ।  पाचौं साफ च्याम्पियनसिपमा नेपालले फेरी पनि हार बेहोर्नु परेको छ । आजको हार सगै नेपाल फेरी एउटा ईतिहास बनाउनवाट चुकेको छ । आज विराटनगरमा भएको महिला साफ च्याम्पियनसिप प्रतियोगिताको फाईनलमा भारत सग ३–१ गोल अन्तरले हार बेहोरे सगै नेपाल फेरी एकपटक चुकेको हो ।

फाइनलमा नेपाललाई हराउँदै भारतले लगातार पाँचौं उपाधि जितेको हो । यसअघि भएका चारवटै संस्करणमा भारत च्याम्पियन बनेको थियो । नेपालको उपाधि अभियानमा सँधै बाधक बन्दै आएको भारत फेरी यसपटक पनि नेपालको लागि बाधक नै बनेको छ ।  घरेलु मैदान विराटनगरमा भएको यो संस्करणमा पनि नेपालले नयाँ इतिहास रच्न असफल भएके छ ।

सुरुदेखि नै आक्रामक फुटबल खेलेको नेपालले  गोलगर्ने अवसर भने जुराउन सकेन । आक्रामक खेल खेलेपनि खेलमा भारतले पहिलो अग्रता लियो । २६औं मिनेटमा हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्री–किकलाई डालिमा छिब्बरले उत्कृष्ट गोल गरेकी थिइन् ।

एक गोलले पछि परेको ६ मिनेट वित्न नपाउदै नेपाल खेलमा फर्किएको थियो । प्रत्येक खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३२ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई खेलमा फर्काउन सफल भइन् । त्यसपछि पनि सावित्राले एउटा राम्रो मौका पाएकी थिइन् । तर भारतीय गोलकिपरको उत्कृष्ट बचाउ गरेपछि नेपालले अग्रता लिने मौका गुमायो ।

खेल आक्रामक खेलेको भएपनि भारतविरुद्ध नेपालको डिफेन्स निकै कमजोर थियो । फलस्वरुप ६२औं मिनेटमा डिफेन्सकै तालमेलको आभावको मौकामा सन्ध्या रंगनाथनको पासमा ग्रेस दाङमेईले वन भर्सेस वनमा नेपाली गोलकिपरलाई बिट गदै २–१ को अग्रता दिलाइन् । ७८औं मिनेटमा भारतले अर्को गोल गर्यो । यस पटक भारतका लागि अन्जु तामाङले गोल गरिन् ।

तिन एकको अग्रता लिएपछि नेपालको खेलमा फर्किने प्रयास असफल भयो । प्रयास गरेपनि नेपाली खेलाडीको प्रयास काम लागेन । नेपालको लागि सावित्रा भण्डारीले गोल गर्ने मौका गुमाइन् ।