नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

मन्त्री अधिकारीको निधनमा राष्ट्रिय सोक, विहिवार सार्वजनिक विदा

ओखलढुङ्गान्युज, फागुन १६, काठमाण्डौं । विहिवार नेपाल सरकारले राष्ट्रिय सोकको घोषणा गर्दै सार्वजनिक विदा गरेको छ । ताप्लेजुङमा बुधवार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको हो।

मन्त्रिपरिषदको कार्यालयमा बुधबार साझ बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको थियो । राष्ट्रिय शोकमा सरकारले बिहीबारलाई सार्वजनिक विदा दिएको हो। बुधवार बसेको मन्त्रिपरिषदको बैठकले हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ।

नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो । छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

दुर्घटनामा परेकाहरुको सवलाई नेपाली सेनाको उद्धार टोलीले जोखिम मोलेरै भएपनि बुधवार न सुकेटार विमानस्थलमा ओसार्ने कार्य भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत डोरीबाट शवलाई उठाएर उद्धार गर्ने कार्य भएको हो । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यती एयरलाइन्सका प्रवन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।