नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

करेन्ट लागेर बिधुतका एक कर्मचारीको मृत्यु

ओखलढुङ्गान्युज, फागुन ९ ओखलढुङ्गा । विहिवार ओखलढुङ्गामा करेन्ट लागेर बिद्युत प्राधिकरणका एक प्राविधिक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. १२ स्थायी घर भएका २९ वर्षिय जनक गुरुङ रहेका छन् ।

सिद्धिचरण नगरपालीका वडा नं. २ ठुलाछापमा ट्रान्समिटर अपग्रेड गर्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सिद्धिचरण नगरपालिका क्षेत्रको ग्रामीण बिद्युतीकरणका लागी ठुलाछापमा रहेको १५ केभिको ट्रान्समिटर भएको ठाउँमा २५ केभिको ट्रान्समिटर फेर्ने क्रममा गुरुङलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका गुरुङलाई उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।

दिउसो घटना हुनासाथ गुरुङलाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गामा लगिएको थियो । घटना पश्चात उपचारका लागी ओखलढुङ्गा सामुदायिक अस्पतालमा पु¥याउँदा डाक्टरले गुरुङ्गको मृत्यु भई सकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शरण कुमार दाहालले बताउनु भयो । मृतक गुरुङ्ग ०७२ देखी नेपाल बिद्युत प्राधिकरण ओखलढुङ्गा बितरण शाखामा दैनीक ज्यालादारीमा काम गर्दै आएको नेपाल बिद्युत प्राधिकरण ओखलढुङ्गाले जनाएको छ ।