नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

कुल बहादुर रामजाली मगर र हिमाल मगरको “रोएर थाकिन”  चर्चामा

ओखलढुङ्गान्युज, फागुन ८ काठमाण्डौं । संगितको दुनियामा नवकलाकारद्वय कुल बहादुर राम्जाली र हिमाल मगरको नयाँ गित रोएर थाकिन बजारमा आएको छ । पछिल्लो समयमा गीत संगीतमा आएको नौलो आयम सहित मेशना डिजिटलको प्रस्तुतिमा नयाँ गीत रोएर थाकिन सार्वजनिक भएको हो । नया गीत “रोएर थाकिन” म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

निकै छोटो समयमा चर्चाको शिखरमा पुग्न सफल सुमधुर स्वरका धनी गायक विशाल सोनि र चर्चित गायिका देबि घर्ती मगरले गितमा स्वर दिएका छन् । सार्वजनिक भएको रोएर थाकिनको गीतमा हिमाल मगरले शब्द सृजना गरेका छन भने कुल बहादुर रामजाली मगरले लय भरेका छ्न । गित युट्युवमा आएसगै गितले चर्चा कमाउन थालेको छ ।

पछिल्लो समयमा म्युजिक भिडियोको महानायक भनेर आफुलाइ साबित बनाउन सफल चर्चित मोडल बिमल अधिकारी र सारिका क.सि. को अभिनय रहेको म्युजिक भिडियोलाई चर्चित डाइरेक्टर कपिल लामाले निर्देशन र सुरेश श्रेष्ठले छायांकन गरेका छन । भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन। गीतमा लय भर्ने राम्जाली मगर रेडियो सञ्चारकर्मी समेत हुन् ।