नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

बालिका बलात्कारको अभियोगमा एक पक्राउ

ओखलढुङ्गान्युज, फागुन ७, ओखलढुङ्गा । बालिका बलात्कार गरेको अभियोगमा ओखलढुङ्गामा एक जना युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मानेभज्याङ गाउँपलिकाका २४ बर्षिय राम बहादुर राई रहेका छन् । बालिकालाई बलात्कार गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गका प्रहरी निरिक्षक शरण कुमार दाहालले जानकारी दिनुभएको छ ।

राईलाई सोही स्थानका अन्दाजी १६ बर्षिय एक बालीकालाई जवरजस्ती करणी गरेको अभियोग लागेको छ । गत आईतबार दिउसो नुहाउन पधेरोमा गएका बालिकालाई जबरस्जस्ती करणी गरेको पिडित पक्षको दाबी छ । बालीका नुहाउनका लागी नजिकैको खोला छेउको पधेरोमा जादाँ अभियुक्त राईले जवरजस्ती करणी गरेको पिडितको भनाई छ ।

जबरजस्ती करणी गरेको भन्दै पिडित पक्षले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछी राईलाई पक्राउ गरिएको प्रहरी निरिक्षक दाहालले बताउनुभयो । अभियुक्त राईलाई आईतवार नै प्रहरी चौकी निशंखे ठुलाछापको टोलीले पक्राउ गरेको हो । अहिले राईलाई प्रहरी हिरासतमा राखी घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।