नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

यूएई विरुद्धको एक दिवसीयको दोश्रो दिन नेपालको सानदार जित

ओखलढुङ्गान्युज, माघ १३ काठमाण्डौं । युएईविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले सानदा जित निकालेको छ । दोश्रो एकदिवसीयमा नेपालले यूएई विरुद्ध १ सय ४५ रनको जित निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो । सोमपाल कामी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङको सहयोगमा नेपालले दोश्रो दिनको एकदिवसीय सृंखलालाई बराबरी गरेको हो । एकदिवसीयको दोश्रो दिन सोमपाल कामीले ५ विकेट लिए भने सन्दीपले चार विकेट लिएका थिए । यो जितसँगै नेपालले तीन खेलको श्रृङ्खला १–१ को बराबरीमा ल्याएको छ । यो योगफल नेपाली क्रिकेट टिमको सबैभन्दा ठूलो एक दिवसीय योगफल हो ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ६१ रनको साझेदारी गर्दै टिमलाई बलियो शुरुवात दिलाएका थिए । क्रिजमा आएका आरिफ शेख र रोहित कुमार पौडेलले नेपालको योगफलमा उत्कृष्ट योगदान गरे । उनीहरुले ८२ रनको पार्टनरसिप एक दिवसीय क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

खेलमा रोहित कुमार पौडेलले करियरकै पहिलो एक दिवसीय अर्धशतक बनाए । उनी भारतका सचिन तेन्दुलकार र पाकिस्तानका शाहिद अफ्रिदिको रेकर्ड तोड्दै अन्तर्राष्ट्रिय एक दिवसीयमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बने । उनी अहिले १६ वर्ष चार महिना २४ दिनकामात्र भएका छन् । रोहितले ५५ रनको योगदान दिएर आउट भए ।

२ सय ४३ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले १९ ओभर ३ बलमा ९७ रनमा प्याक गर्यो । युएईका लागि मोहम्मद उश्मानले सर्बाधिक २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यान नेपाली बलरको दबाबमा परेका थिए ।

नेपालका खेलाडी सोमपाल कामी एक्लैले पाँच विकेट लिएका थिए । नेपाललाई जित दिलाउन पाँच विकेट लिएका सोमपाल कामी प्लेयर अफ द म्याच भए  । सन्दीप लामिछानेले पनि १५औं ओभरमा तीन विकेट लिएका थिए । तेस्रो तथा निर्णायक एक दिवसीय खेल सोमबार हुनेछ ।