नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

नेविसंघको १२औं जिल्ला अधिबेशनवाट ओखलढुङ्गामा दुई समिति

ओखलढुङ्गान्युज, माघ ११ ओखलढुङ्गा । नेपालीको कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२ अधिबेशन विवाद र झडपका बिच सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले नेविसंघको दुईओटा जिल्ला समिति बनाएको छ । १२ औं जिल्ला अधिबेशन सम्पन्न हुदा नेपाली कांग्रेसको दुई गुठको विवाद भातृ संगठनमा छताछुल्ल भएको छ । संस्थापन शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टा छुट्टै समिति गठन भएको घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापन पक्ष शेरबहादुर देउवा पक्षधरका नेताहरुले नेपाल विद्यार्थी संघ ओखलढुङ्गाको अध्यक्षमा रोशन महतारा निर्वाचित भएको घोषणा गरेका छन् । महताराको अध्यक्षतामा २४ सदस्य नयाँ नेविसंघ जिल्ला कार्य समिति गठन गरिएको कांग्रेस जिल्ला सचिव रुद्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अधिबेशनवाट जिल्ला उपसभापतिमा हरिचन्द्र श्रेष्ठ र भिष्म श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा योगेश तामाङ र सुजन पौडेल तथा कोषाध्यक्षमा अर्चना लुईटेल निर्वाचित भएका छन् ।

उता नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुले नेपाल विद्यार्थी संघ ओखलढुङ्गाको अध्यक्षमा गोविन्द कोईराला निर्वाचित भएको घोषणा गरेका छन् । बुधबार छुट्टै अधिबेशन गरेर कोईरालाको अध्यक्षतामा नयाँ समिति घोषणा गरेका हुन् । यो घोषणा सगै ओखलढुङ्गामा नेविसंघको दुईओटा जिल्ला समिति भएको हो ।

कोईरालाको नेतृत्वमा रहेको समितिको उपाध्यक्षमा विनोद निरौला, सचिव सुरेश ढुंगेल, सहसचिव हरिकुमार लुईलेट, कोषाध्यक्षमा यमुना दाहाल लगायतका १९ सदस्य समिति रहेको नेता बालकृष्ण दाहालले जानकारी दिनुभयो । भातृ संगठनको नयाँ समिति चयन गरेसँगै कोईरालाको नेतृत्वमा रहेको नेविसंघले रामबजारको रुम्दाली चोकमा नयाँ जिल्ला समितिको कार्यालयको समेत स्थापना गरेको छ ।