नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

विवादका विच नेविसंघको जिल्ला अधिबेशन जारी

ओखलढुङ्गान्युज, माघ ८ ओखलढुङ्गा । शोमवार देखी ओखलढुङ्गामा जारी रहेको नेपाल विद्यार्थी संघको जिल्ला अधिबेशनको बन्दसत्र सुरु भएको छ । शोमवार ढिला सुरु भएको उद्घाटनसत्रमा दुईपक्षका नेताहरु बिच हातहालाहाल पश्चात एक पक्षले अधिबेशन बहिष्कार गरेको छ ।

नेपाल विद्यार्थी संघको जिल्ला अधिबेशनमा उद्घाटनको क्रममा विवाद भए पश्चात केन्द्रिय प्रतिनिधी पवन नेपालीले एक विज्ञप्ती जारी गरेर अर्को निर्णय नहुँदा सम्म जिल्ला अधिबेशन स्थगित भएको विज्ञप्ती निकालेको थिए । नेपालीले विज्ञप्ती सार्वजनिक गरेर हिडेसगै नेपाली कांग्रेस जिल्ला समितिको पहलमा नेविसंघका केन्द्रिय सदस्य भिम गौतमलाई जिल्ला अधिबेशन प्रतिनिधी तोकेर जिल्ला अधिबेशनलाई निरन्तरता दिईएको हो ।

यो समाचार तयार पार्दा सम्म जिल्ला अधिबेशनवाट नयाँ जिल्ला नेतृत्वका लागि उमेदवारीको मनोनयनको कार्य भैरहेको छ । उमेदवारीको मनोनयन भएसगै आजै बेलुका नै १२ औं जिल्ला अधिबेशनवाट नेविसंघले नयाँ जिल्ला नेतृत्व पाउने नेविसंघ ओखलढुङ्गाले जनाएको छ ।