नेपाली समय Loading...२०८२ आश्विन २८ मंगलवार

अनियमितताका विरुद्ध गाउँपालिकामा ताला

ओखलढुङ्गान्युज, पुष १६ कालिका । शोमबार ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा तालाबन्दि गरिएको छ । चम्पादेवी गाउँपालिकाको नेकपाले चम्पादेवी गाउँपालीका कार्यालयमा ताला बन्दी गरेको हो । गाउँपालीकाका प्रमुख नवराज केसी, प्रमुख प्रशासकिय अधिकृत लगायतले नियम बिपरीत गाउँ पालिकामा शिक्षक, ईन्जिनीयर, सवईन्जिनीयर तथा प्रविधिक नियुक्ति गरेको भन्दै त्यसका बिरुद्धमा गाउँपालीका कार्यालयमा ताला लगाईएको हो ।

चम्पादेवी गाउँपालीकाका प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र केही वडा अध्यक्षहरु समेतको मिलेमतोमा गाउँपालिकामा अनियमितता भएको भन्दै त्यसको छानविन र उचित कार्वाहीको माग गर्दै तालाबन्दि गरिएको नेकपा चम्पादेवीले जनाएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ बिपरीत र स्थानीय सरकार ऐन तथा कानुन निर्माण भई नसेकेको अवस्थामा कर्मचारी नियुक्ती, कर्मचारी सरुवा लगाएतका काम गरेको र त्यसलाई तत्काल सच्याउन माग गर्दै नेपाल कम्युष्टि पार्टी नेकपा चम्पादेवी गाउँपालीकाले केही दिन अगाडी गाउँपालीका कार्यालयमा ९ बुँदे ध्यानाकर्षण पत्र समेत पेस गरेको थियो ।

चम्पादेवी गाउँपालीकामा बिगत लामो समय देखी कर्मचारी भर्नामा अनियमितता गरिएको, विकास निर्माणका काममा अनियमतिता गरि पास तथा फरफारक गरेका नेकपा चम्पादेवीको आरोप छ । अनियमितताका विरुद्धमा आफुहरुले गाउँपालीका जनप्रतिनिधिहरुलाई सचेत गराई सुध्रिन भनेपनि थप अनियमतीता बढेका कारण आफुहरु चरण बद्ध आन्दोलनमा होमीएको नेकपाका नेता बिनोद सुनुवारले बताए ।

गाउँपालीका अध्यक्ष नवराज केसीले गाउँपालीका कार्यालयमा ताला नलागेको बताए पनि घुमाउरो रुपमा ताला बन्द भएको स्वीकार गर्नु भएको छ । ‘बिहान १० बजेको समयमा एक्कासी छापामार शैलीमा साथीहरु आए । काममा थोरै अवरोध सिर्जना गरे । तालाबन्दीको प्रयास पनि नगरेको चाही हैन । उहाँहरुका मागका बिषयमा अहिले छलफल भई रहेको छ । केही बुदामा सहमती भए पनि केही बुँदामा छलफल जारी छ । कामकाजै पुरै ठप्प हुनेगरि तालाबन्द नै गरिएको चाही हैन,’ गाउँपालिका प्रमुख केसीले भन्नुभयो ।

काममा अबरोध नहोस र गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरु त्यसै फर्किन नपरोस भनेर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । गाउँपालिका कार्यालयको सुरक्षाका लागि अहिले पनि प्रहरी चौकी घोराखोरी र प्रहरी चौकी पलापुवाट प्रहरीको टोली खटाईएको छ ।

नेकपा चम्पादेवीको मागका बारेमा शोमवार दिउसैदेखी छलफल चलाईएको भएपनि साझ सम्म कुनै सहमती भने हुन सकेको छैन । चम्पादेबी गाउँपालीकामा बिगत लामो समय देखी भएको अनियमीतताको बिरुद्ध केही महिना अघि गाउँपालीकाका प्रमुख नवराज केसी, तत्कालीन प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद दाहाल लगायतका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्धा हालीएको छ । अनियमिततामा संलग्न भएको आरोप लागेपछि तत्कालीन प्रमुख प्रशासकिय अधिकृत भिम प्रसाद दाहाललाई जिल्ला समन्वय समिति ओखलढुङ्गामा सरुवा गरिएको थियो भने अहिले ओखलढुङ्गावाट पनि उनी सरुवा भै सकेका छन् ।