नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सेप्लीको झरना मुनी समृद्धको विमोचन

ओखलढुङ्गान्युज, पुष ९ ओखलढुङ्गा । ओखलढुङ्गाका पाठकहरुलाई समाचारको खुराक पस्कने उद्देश्यका साथ समृद्धको विमोचन भएको छ । संघिय प्रतिनिधीसभाका माननिय सांसद यज्ञराज सुनुवारले शनिवार सेप्ली झरनास्थलमा एक कार्यक्रमका बिच समृद्ध साप्ताहिकको विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यज्ञराज सुनुवारले सेप्ली झरनाको पानी जस्तै गरि कहिल्यै पनि समृद्ध साप्ताहिक बन्द नहुने आशा ब्यक्त गर्नुभयो । पत्रिकाले नम जस्तै गरि जिल्लाको समग्र विकासको काममा आरोप आईरहने अनियमितताका कुराहरुलाई खबरदारी गर्दै व्यबसायको विकास र पर्यटनको क्षेत्रमा पनि सधै कलम चलाई रहन सक्षम बनोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

समृद्ध साप्ताहिकको प्रकाशन गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै साप्ताहिकका सम्पादक शिव ढुंगानाले जिल्लाको समृद्धपनामा एक ईटा थप्न पत्रीकाको सुरुवात भएको बताए । जिल्लामा भैरहेका विबिध कृयाकलापहरुलाई समेटेर नागरिकहरुलाई शुसुचित गर्न र विकास निर्माणका क्रममा भैरहेको ढिलासुस्ती, अनियमिततालाई खबरदारी गर्दै नागरिकलाई चनाखो बनाईराख्नु पत्रिका स्थापनाको लक्ष्य भएको उनले बताए ।

समृद्ध साप्ताहिकले विशेषतः उद्योग वाणिज्य र पर्यटनको क्षेत्रमा प्राथमिकता दिने व्यबस्थापक नवराज दाहालले बताए । स्थानीय तहको सरकार होस या केन्द्र तहको सरकार, सरकार सञ्चालक हुन् या नागरिक, सबैलाई जोडेर देशलाई समृद्ध बनाउने उद्योग वाणिज्य र पर्यटन क्षेत्र नै भएकोले समृद्ध साप्ताहिकले यस क्षेत्रमा बढि प्राथमिकता दिने दाहालको भनाई छ ।

समृद्ध नेपाल साप्ताहिक यस अगाडीसम्म मासिक रुपमा प्रकाशन हुने गरेको थियो । करीब डेढ बर्ष देखी ओखलढुङ्गामा भिजन नेपाल नामक साप्ताहिक पत्रिका मात्रै नियमित रुपमा प्रकाशन हुदै आएको छ । पहिले पनि साप्ताहिक पत्रिकाको रुपमा  प्रकाशन हुने सार्वजनिक साप्ताहिक, ओखलढुङ्गा साप्ताहिक र लेकबेशी साप्ताहिक पत्रिका केही समय प्रकाशन भएपनि हाल भने बन्द अबस्थामा रहेका छन् ।