नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कालिका आवि जोरधारालाई कम्प्युटर सहयोग

ओखलढुङ्गान्युज, पौष ८,ओखलढुङ्गा । ओखलढुङ्गाको एक विद्यालयलाई दुईथान कम्प्युटर हस्तान्तरण गरिएको छ । जिल्लाको सुनकोसी गाउँपालिका वडा नं ८, जोरधारा च्यानमको कालिका आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग गरिएको हो ।

शुक्रबार च्यानममा आयोजित एक कार्यक्रमका बिच संघिय प्रतिनिधीसभाका सांसद माननिय यज्ञराज सुनुवार र प्रदेश सभा ख ओखलढुङ्गाका माननिय सांसद मोहन कुमार खड्काको उपस्थितिमा कम्प्युटरको हस्तान्तरण गरिएको हो । सुनकोसी गाउँपालिका वडा नं १ स्थायी घर भएका ज्ञान वहादुर खड्का र सुनिल खड्काले ब्यक्तिगत सहयोगमा कम्प्युटर उपलब्ध गराएका हुन् ।

कम्प्युटर हस्तान्तर कार्यक्रममा संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले सहयोगी माहरुलाई हार्दिक धन्यवाद दिदै मान्छेको योजना र मन भएमा असम्भव भन्ने कुरा केही नहुने बताउनुभयो । खाली केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको मात्रै मुख ताकेर बसे केही नहुने भन्दै आवश्यक कार्यान्वयनको लक्ष्य सहित कार्ययोजना बुझाउन सके विद्यालयको समग्र विकासका लागि सहयोगी मनहरु धेरै तयारी अबस्थामा रहेको बताउनुभयो ।

त्यस्तै प्रदेशसभा ख का माननिय सांसद मोहन कुमार खड्काले पनि कम्प्युटर सहयोग उपलब्ध गराउने दाताहरुलाई धन्यवाद दिदै अरुले पनि जिल्लाको समग्र शैक्षिक विकासका लागि आ–आफ्नो ठाँउवाट सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । जिल्लाका सबै ग्रामिण भागमा रहेको माद्यमिक तथा आधारभूत तहका विद्यालयहरुमा कम्प्युटर शिक्षालाई लागू गर्नेगरि प्रदेश सभाले व्यबस्था गर्न पहल गरिरहेको र ओखलढुङ्गामा त्यो चाडै लागू हुने बताउनुभयो ।

विद्यालयमा अंग्रेजी माध्यमवाट अध्यापन सुरुवात गरिएको छ । शिक्षक दरबन्दी पनि पुरा छैन । चुनौतीका बाबजुद पनि अंग्रेजी माध्यममा पढाई सुरुवात भएको छ । कक्षाको पढाई हुने पाठेक्रममा बच्चालाई कम्प्युटरको बारेमा सिकाउनु पर्छ । बच्चाले किताबमा देखेको कम्प्युटर भन्दा बाहिर कमैले मात्र देखेका छन् । गाउँपालिकाले सबै विद्यालयलाई एकैपटक धान्न सकेको छैन । विद्यालयको आर्थिक श्रोत पनि छैन । कम्प्युटर चलाउन जान्ने शिक्षक पनि कमै छन् । त्यसैले आफ्ना विद्यालयका बच्चाहरुले पनि कम्प्युटरको व्यबहारिक ज्ञान प्राप्त गर्न सकुन र शैक्षिक गुणस्तरमा पनि बृद्धि होस भनेर दाताहरुसग अनुरोध गर्दा दुईथान मात्रै भएपनि कप्युटर उपलब्ध भएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताउनुभयो ।

आधारभूत तहको कक्षा ५ सम्म मात्रै पढाईहुने उक्त विद्यालयमा हाल ७७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयका पुरै कक्षाहरुमा अंग्रेजी माध्यमवाट अध्यापन हुने गरेको छ । विद्यालयमा दरबन्दीका तिनजना र करारका तिनजना गरी ६ जना शिक्षकहरु कार्यरत छन् । कम्प्युटर उपलब्ध गराउने ज्ञान बहादुर खड्का २०७४ को स्थानीय तहको निर्वाचनमा सुनकोसी गाउँपालिकामा अध्यक्ष पदमा उमेद्वारी दिएर हार ब्यहोरेका पालिका अध्यक्ष हुन् ।