नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मानेभञ्ज्याङ्गमा सवारी दुर्घटना, दुईको अबस्था गम्भिर

ओखलढुङ्गान्युज, मंशिर ९ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा जीप दुर्घटनामा परेको छ । खोटाङवाट ईटहरी तर्फ जादै गरेको बा १ च ४६३० नम्बरको जीप र ईटहरीवाट खोटाङ जादै गरेको बा१४ च ९९८८ नम्बरको जीप मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ६ सोक्माटार भन्ने स्थानमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

जिप दुर्घटनामा परि दुई जना गम्भिर घाईते भएका छन् भने दुबै जीपका चालक र अन्य केही यात्रुहरु सामान्य घाईते भएका छन् । गम्भिर घाईते हुनेहरुमा सुनसरी झुम्काकी बर्ष ४० की मञ्जु निरौला र सोही स्थानकी वर्ष २३ की मनिका निरौला रहेको ओखलढुङ्गा प्रहरीले जनाएको छ । दुर्घटनामा परि सामान्य घाईते भएकाहरुको उदयपुरको घुर्मीमा रहेको एक क्लिनिकमा उपचार गरि फिर्ता भएका छन् ।

गम्भिर घाईते भएका दुवैलाई थप उपचारका लागि काठमाण्डौं पठाईएको पनि प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको दुवै जिप चालकहरुले नियन्त्रणमा लिन खोज्दा खोज्दै ठोक्किएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।