नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

जिताउने हैन त ओखलढुङ्गाका सदमलाई

ओखलढुङ्गान्युज, मंशिर ८ ओखलढुङ्गा । विराटनगरमा केही महिना अगाडी देखी पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन ६ चलि रहेको छ । सिजन ६ चलि रहदा प्रतियोगिताको अन्तिम १० मा ओखलढुङ्गाका सदम (गणेश) सुनुवार रहेका छन् । वास्तविक नाम गणेश भएपनि उनलाई सबैले सदम भनेर चिन्छन् । उनले आफुलाई भोटिङ गरेर विजयी गराउन अनुरोध गरेका छन् ।

१८ वर्ष अघि ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं. ३ साविकका प्राप्चा गाविसमा आमा पदम कुमारी र बाबा चक्र बहादुर सुनुवारका सन्तानको रुपमा उनको जन्म भएको हो । सुनुवारका तिन दाजुभाइ र दुई दिदीबहिनी छन् । गाउँको सामान्य परिवारमा जन्मिएका उनी सानै उमेर देखी गायन क्षेत्रमा सौखिन थिए । सदम अहिले पूर्वाञ्चल सिङ्गिङ स्टारको अन्तिम १० मा छन् ।

पूर्वाञ्चल भरिवाट सहभागी भएका १ हजार २ सय ५८ जनालाई पछाडी पार्दै प्रतियोगिताको सातौ राउण्डवाट सदम अन्तिम १० भित्र परेका हुन् । सदम गायन क्षेत्रमा सबै विधाका गितहरु गाउँन खप्पिस छन् । गायन क्षेत्रमा नै लागेर देशको सेवाका लागि केही योगदान गर्ने उनको ईच्छा छ । उनी एक नवप्रतिभावान कलाकार हुन् ।

सदमलाई जिताउन आफ्नो मोवाईलको म्यासेज बक्समा गई ठुलो अक्षरमा एक्क् लेखी एक खालिठाँउ दिई ण्द्द लेखी घद्धघद्धघ मा म्यासेज पठाउनुपर्छ । कला क्षेत्रलाई सम्मान गर्ने र आफुलाई माया गर्ने सबैले आफ्नो मोवाईलको एसएमएस मार्फत भोट दिई आफुलाई जिताउन उनले आग्रह गरेका हुन् । अन्तिम १० मा पर्ने ओखलढुङ्गाका एकमात्र प्रतियोगी हुन सदम ।

मोवाईलवाट जतिसुकैपटक पनि एसएमएस मार्फत भोट दिन सकिन्छ । मंशिर १४ गते बेलुका सम्म सदमलाई भोट दिन सकिन्छ । यसको निर्णय मंशिर १६ गते हुनेछ । अन्य आईडल जस्तो अन्तिम ९, अन्तिम ८, अन्तिम ७ हुदै यसमा भोट गर्नु पर्दैन । अन्तिम १० वाट भोटिङको आधारमा तिन जना विजयीहरुको टुङ्गो लाग्ने आयोजकले जनाएको छ । विजयी प्रथम हुनेले ५० हजार नगद, १ वर्षको गायन क्षेत्रमा कोर्ष गर्ने अबसर, एउटा म्युजिक भिडियो खेल्ने र एउटा गितको रेकर्डिङ गर्ने अबसर पाउने छ ।