नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आज विश्व मधुमेह दिवस

ओखलढुङ्गान्युज, कातिक २८ काठमाण्डौं । आज कातिक २८ अर्थात विश्व मधुमेह दिवस । यो दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ । मधुमेह रोग लाग्नुको कारणबारे सर्वसाधारणलाई जानकारी दिने र यसवाट कसरी बच्न सकिन्छ भनेर सचेत गराउने उद्देश्यका साथ काठमाडौं लगायत देशका मुख्यमुख्य सहरहरुमा दिवसको अवसर पारेर जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।

दिवसको अवसर पारेर लायन्स क्लव इन्टरनेशनलले काठमाडौंको विभिन्न स्थानमा बुधबार बिहान प्रभातफेरी समेत निकालेको छ । मधुमेह रोग लाग्न नदिन शारिरिक व्यायाममा विशेष जोड दिन सबैलाई आह्वान गर्दै लायन्स क्लवले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

नेपालमा उपयुक्त खानपान तथा नियमित शारिरीक व्यायामको अभावमा मधुमेह रोग बढ्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ। उपचारकम संलग्न चिकित्सकहरुले मधुमेह रोगबाट बच्न शारिरिक रुपमा तन्दुरुस्त रहन आग्रह गर्दै आएका छन् । उनीहरुले यो रोगबाट बच्नका लागि सन्तुलित भोजन र दैनिक ३० मिनेट शारिरीक व्यायाम गर्न सचेत गराएका छन् ।