नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

जिल्ला प्रशासन ओखलढुङ्गाको त्रैमासिक प्रगति विवरण सार्वजानीक

ओखलढुङ्गान्युज, कात्तिक १९ ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले आफ्नो तिन कार्यालयको त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । ओखलढुङ्गामा प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने हाजिर भए पश्चात जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले पहिलो पटक आफ्नो प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।

ओखलढुङ्गामा कृयाशिल रहेका पत्रकारहरुसंगको तिहारको अवसरमा शुभकामना आदनप्रदान तथा भेटघाटमा जिल्ला प्रसासन कार्यालय ओखलढुंगाले प्रगती बिवरण सार्वजानीक गरेको हो । जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाले तिन महिनाको अबधिमा जिल्लामा भएको सुचनाको हक सम्बन्धी ऐन २०६४ , शान्ति, सुरक्षा, विपद्, बजार अनुगमन, स्थानीय प्रशासन आयोजना सम्बन्धी गरेका कामको प्रगती बिवरण सार्वजानीक गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले अवका दिनमा विस्तृत योजना नै बनाई कामहरु गर्न लागेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । कामको प्रगती विवरण सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले तिन महिनाको अबधिमा जिल्ला प्रशासनले चाहेर पनि गर्न नसकेका केही कामहरुको विवरण समेत उल्लेख गर्नुभएको थियो । तर ती गर्न नसकिएका कामलाई पनि सेडुअलमा राखेर नै निरन्तर लागि परिरहेको पनि प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाई थियो ।

ओखलढुङ्गामा सडकको स्तरोन्नति, सोलु कोरिडर आयोजनाको मुआब्जा विवरण तथा वितरण, नेपाल टेलिकम अन्तर्गत रहेका ईन्टरनेट तथा फ्याक्सको व्यवस्थापन, खानेपानी समस्याबारे बृहत छलफल, कर्मचारी मिलनकेन्द्रको सिर्जनशिलता कार्य गरिरहेको प्रगति विवरणमा उल्लेख छ । त्यस्तै वसपार्क व्यवस्थापन, तिहार लक्षित सुरक्षा योजनाको कार्यान्वयन, स्थानीय तह (गाउँपालिका) सँग समन्वय गरी नागरिकता ढड्डा बेण्डींग, स्थानीय तह र स्थानीय प्रहरीबीच भएको सम्झौता कार्यान्वयनको अनुगमन गरीने न्यौपानेको भनाई छ ।