नेपाली समय Loading...२०८२ बैशाख ७ आईतवार

संस्कृती जोगाउदै जन्मथलोको सेवा गर्न देउसीभैलो कार्यक्रम

ओखलढुङ्गान्युज, कात्तिक १९ काठमाण्डौं । काठमाण्डौंमा रहेका नर्मदेश्वरवासीहरुले आफ्ना मौलिक संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले संयुक्त देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ साविकको नर्मदेश्वरमा जन्म भै विभिन्न कारण वा पेशा अपनाएर काठमाण्डौमा रहेका नर्मदेश्वरवासीहरुको साझा संस्था नर्मदेश्वर मञ्चले कार्यक्रमको आयोजना गरेको हो ।

जन्मथलो नर्मदेश्वर भैकन पनि काठमाण्डौंमा बसोवास गर्दै आउनुभएको नर्मदेश्वरवासीको केही समय अगाडी भएको संयुक्त भेलाले नर्मदेश्वर मञ्च नामक एक संस्थाको स्थापना गरेको थियो । संस्था काठमाण्डौमा रहेपनि आफ्ना गाउँवासी जो कोहीलाई केही समस्या पर्दा काठमाण्डौंमा रहेर सेवा पुर्याउदै आएको छ । आफ्ना गाउँमा कसैको काठमाण्डौंमा रहि मृत्यु भएमा आवश्यक सरसहयोग सगै मृतकका परिवारलाई केही सहयोग पुगोस भन्दै श्रद्धाञ्जली सभाको आयोजना गरि नगद पाँच हजार प्रदान गर्दै आएको छ ।

समाजलाई थप सहयोग गर्न र गाउँवाहिर छरिएर रहनुभएका गाउँवासीहरुलाई एकैथलोमा बाध्ने उद्देश्यले नर्मदेश्वर सेवा समाजको गठन गरिएको समाजका अध्यक्ष गणेश कुमार श्रेष्ठले बताउनुभयो । महान् हिन्दु नेपालीहरुको दोश्रो चाडको अबसर पारेर शुभकामना आदान प्रदान सगै संयुक्त देउसीभैलो खेली पम्परागत संस्कार र संस्कृतीको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पनि उहाँले बताउनुभयो ।

देउसी भैलोवाट संकलित भएको रकमलाई संस्थाको आकस्मिक कोषमा राखी गाउँका कोही कसैलाई आकस्मीक रुपमा आई परेको बखतमा त्यसको प्रयोग गरिने समाजका कोषाध्यक्ष गोपाल कुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रमा नर्मदेश्वर स्थायी घर भै काठमाण्डौमा बसोबास गर्ने सबैलाई कात्तिक २१ गते बुधवारको दिन सिनामंगलमा रहेको ए–वान पार्टी प्यालेसमा विहान ११ बजे उपस्थित भैदिनका लागि समाजले आग्रह समेत गरेको छ ।