नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

ओखलढुङ्गान्युज, कात्तिक १९ ओखलढुङ्गा । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान् दोश्रो चाड तिहार आजवाट घरघरमा भित्रदै छ । तिहारलाई हिन्दु धर्मावलम्बीहरुले प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म मनाइने गरिन्छ । जुन आजदेखी सुरु हुदैछ ।

परम्परा अनुसार चन्द्रमासको कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराज समेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्छन् भन्ने आख्यान छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ । आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्ने गर्दछ ।