नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

लैङ्गिक हिंसा न्युनिकरणका लागि ओखलढुङ्गामा खोज पत्रकारिता तालिम

ओखलढुङ्गान्युज, कात्तिक १८ ओखलढुङ्गा । ओखलढुङ्गाको सदरमुकाम ओखलढुङ्गामा तिन दिने खोज पत्रकारीता तालिम सुरु भएको छ । ओखलढुङ्गा सदरमुकाममा रहेको फ्याफुल्ला होटलमा सञ्चारिका समुहको आयोजनामा शनिवारवाट तिन देखी तालिम सुरु भएको हो ।

तालिममा ओखलढुङ्गा लगायत सिन्धुली र उदयपुरका कृयाशिल १६ जना पत्रकारहरुको सहभागिता रहेको छ । सञ्चारिका समुहले ओखलढुङ्गा, सिन्धुली, उदयपुरका कृयाशिल पत्रकारहरुलाई लक्षित गरि आयोजना गरेको तालिममा अलिक बढि पत्रकारहको सहभागीता रहने अपेक्षा गरेको भएपनि केही कम पत्रकारहरुले मात्रै सहभागीता जनाएका छन् ।

लैंगिक हिंसाका विषयमा खोजपूर्ण समाचार लेखनका लागि थप शिप सिकाउने उद्देश्यले तीनदिने तालिम आयोजना गरिएको समुहकी अध्यक्ष नितु पण्डितले बताउनुभयो । समाचारमा फलोअप र फेलोसिप सहितको खोज पत्रकारिता तालिम आयोजना गरिएको पनि पण्डितले जानकारी दिनुभयो ।

तालिमको नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले मुख्य रुपमा सहजीकरण गरिरहनु भएको छ । त्यस्तै पत्रकार निर्मला शर्मा ले पनि तालिम सहभागीहरुलाई सहजीकरण गरि रहनु भएको छ । पहाडी जिल्लामा रहेर कृयाशिल रुपमा पत्रकारीता गर्दै आएका पत्रकारहरुलाई खोज तथा अनुसन्धानमा प्रेरित गर्न तालिम फलदायी हुने बताइएको छ ।