नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गा कटुञ्जे सरोकार समाजको अध्यक्षमा पेशल

ओखलढुङ्गान्युज, कात्तिक १२ काठमाण्डौं । ओखलढुङ्गा कटुञ्जे सरोकार समाजको १८ औँ अधिवेशन शोमबार काठमाण्डौमा सम्पन्न भएको छ । अधिबेशनले पेशलकुमार पराजुलीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

सम्पन्न अधिवेशनले उपाध्यक्षमा होमप्रसाद सुवेदी, सचिवमा विष्णुलाल गिरी र कोषाध्यक्षमा जालन्धर कार्कीलाई निर्वाचित गरेको छ । त्यस्तै निर्वाचित सदस्यहरुमा दुर्गा श्रेष्ठ, कल्पना सुनुवार, रेवतीरमण धमला, माधव सुनुवार, मीना गुरुङ रहेका छन् ।

संस्थाले जिल्लाका र आफ्नो जन्मथलो कटुञ्जेवाट कर्मथलो जिल्ला बाहिर बनाएपनि सामाजिक सरोकारका विभिन्न विषयहरुमा आवाज उठाउंदै आएको छ । संस्थाले कटुञ्जेका भुकम्पपीडित लगायत अन्य विभिन्न प्राकृतिक प्रकोप पिडीतलाई राहत वितरण, रक्तदान कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्यस्तै आकस्मिक रुपमा आईपरेका समस्यामा संस्थाले मानविय तथा आर्थिक सहयोग गर्दै आएको छ । संस्थाले आफ्नो स्थापना कालदेखी नै साविकको कटुञ्जे गाविसमा शिक्षा, स्वास्थ्य, युवाको नेतृत्व विकास तथा खेलकुदको विकास लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

संस्थाले कटुञ्जे तथा ओखलढुङ्गावाट जिल्ला बाहिरका विभिन्न स्थानमा बसोबास गर्ने व्यक्तिहरुलार्इ आकस्मिक समस्या आइ परेका बेला तथा प्राकृतिक प्रकोपमा परेका बेला सहयोग तथा कटुञ्जे क्षेत्रको आर्थिक, सामाजिक, साँस्कृतिक विकास एवं वातावरण संरक्षण गर्ने लगायतका कार्यहरु गर्ने मूख्य उदेश्यले संस्थाको स्थापना भएको र त्यसै मूल मन्त्र अनुसार संस्था सञ्चालन भै रहेको संसथाका नवनिर्वाचित अध्यक्ष पेशलकुमार पराजुलीले जानकारी दिनुभयो ।