नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

चम्पादेवीमा स्वास्थ्यचौकीलाई युनिसेफको प्री–फ्याव भवन हस्तान्तरण

 

ओखलढुङ्गान्युज, असोज २७ विलन्दु । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकामा भुकम्प प्रतिरोधी प्री–फ्याव भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । चम्पादेवी गाउँपालिकाको वडा नं. ९ विलन्दुमा शुक्रवार एक कार्यक्रमका विच नवनिर्मित उक्त भवनको हस्तान्तरण गरिएको हो । संघिय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारले भवनको चावी स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नु भएको हो ।

भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै संघिय प्रतिनिधी सभाका सांसद सुनुवारले नागरिकहरुको स्वास्थ्य सेवामा पहुच पुर्याउनका लागि भवन निर्माण जस्तो पवित्र कार्य गरेको युनिसेफ नेपाललाई धन्यवाद दिनुभयो । आगामी दिनहरुमा विलन्दुमा जस्तै गरि चम्पादेवी गाउँपालिकाको अन्य वडाहरुमा भवन निर्माणकार्यमा सहयोग हुने आशा व्यक्त गर्नुभयो ।

भवन हस्तान्तरण कार्यक्रममा भवन निर्माण कार्यकालागि करीब ५ रोपनी जग्गा उपलब्ध गराउनुहुने विभिन्न जग्गादाताहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा चम्पादेवी गाउँपालिका वडा नं. ९ साविकको विलन्दु गाविस वडा नं. ७ का तुलसा फुयाल पहाडी, जित बहादुर बराललाई दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरेको हो । त्यस्तै विलन्दु कै रामकृष्ण फुयाल, विनोद सुनुवार, पदम बहादुर मिश्र, टेक बहादुर बराल, कृष्ण बहादुर मिश्र, कुमार घिमिरेलाई पनि सम्मान गरिएको जिवनज्याेती अाधारभुत विद्यालयका प्रधानाध्यापक बलराम फुयालले जानकारी दिनुभयाे ।

भवनको निर्माण कार्य सम्पन्न गरिए सगै हस्तान्तरण गरिएपछि स्वास्थ्यचौकीवाट उपलब्ध हुने सम्पूर्ण सेवा सुविधाहरु अव नवनिर्मित भवनवाट उपलब्ध हुनेछ । कार्यक्रममा संघिय प्रतिनिधीसभाका सांसद सुनुवार सगै चम्पादेवी गाउँपालिकाका प्रमुख नवराज केसी लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । चम्पादेवी गाउँपालिकाले आफ्ना पालिकाका सबै वडाहरुमा स्वास्थ्यको आफ्नै भवन निर्माण गरि नागरिकहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने योजना समेत अघि सारेको छ ।