नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

६३ औं प्रहरी दिवसमा अमर प्रहरीका सन्तती र जग्गादाता सम्मानित

ओखलढुङ्गान्युज, असोज २६ ओखलढुङ्गा । ओखलढुङ्गा प्रहरीले विहिवार आफ्नो ६३ औं प्रहरी दिवस मनाईएको छ । प्रहरी दिवसको अवसरमा ओखलढुङ्गा प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा निशुल्क जग्गा दिने जग्गादाताहरुलाई सम्मान गरेको छ । गाउँ गाउँमा प्रहरी चौकी स्थापनाका लागि जग्गा दिनेहरु चौकी स्थापनाका लागि जग्गा दिनेहरु सम्मानित भएका हुन् ।

दिवसको अवसर पारेर अमरप्रहरीका सन्तती र जग्गादातालाई विहिवार जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । कार्यक्रममा प्रहरीको फिल्ड युनिट राख्ने क्रममा निशुल्क जग्गा प्रदान गर्ने जग्गादाता २ जना र अमरप्रहरीका सन्तती ५ जनालाई प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो । प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्ने क्रममा कार्यक्रमका बक्ताहरुले प्रहरी समयानुसार परिस्कृत हुनुपर्नेमा जोड दिएका छन् । दिवसका अवसरमा आयोजना गरिएको दिवस विशेष कार्यक्रमका बत्ताहरुले यस्तो बताएका हुन् ।

विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिला अधिकारी मुनका न्यौपानेले प्रबिधिको विकास सगसगै समय र प्रविधिको विकास बुझेर सरकारको नयाँ कानुन कार्यान्वयमा परिचालित हुनुपर्ने बताउनुभयो । देशको जनसंख्या अनुसार प्रहरीको संख्या कम रहेको र महत्वपुर्ण सबै काम गर्नुपर्ने जिम्मेवारी चाही प्रहरीको रहेको पनि बताउनुभयो । थोरै जनशक्तिले धेरै काम गरेकोमा प्रहरीको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले आगामी दिनहरुमा पनि प्रहरीले थप परिस्कृत भएर सेवाप्रवाहमा जुट्न निर्देशन दिनुभयो ।

प्रहरी दिवस कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले प्रहरी संगठन सुधार र क्षमता विकासमा पनि केन्द्रित रहेको बताउनुभयो । समयको परिवर्तनसँगै समुदायमा प्रहरीको भूमिका बदलिने भएकाले सोही अनुसार चल्न प्रहरीलाई चुनौती रहेको प्रहरी प्रमुख शर्माको भनाई थियो । प्रहरी बिशेष कार्यक्रमलाई संबोधन गर्ने अधिकांश वत्तmाहरुले प्रहरी थप जिम्मेवार भएर सेवामा खटिनुपर्नेमा जोड दिएका थिए ।