नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

के गर्ला नेपालले अाज ?

ओखलढुङ्गान्युज, असोज १९ काठमाडौं । आज (शुक्रबार) यू–१८ साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको खेल हुदैछ । सेमीफाईनलमा नेपालले भारतसँग भिड्दै छ । नेपाली समय अनुसार शुक्रबार सवा ३ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा सेमिफाइनको उक्त खेल हुनेछ ।

फाइनलमा स्थान पक्का गर्नका लागि आज नेपालले जित्नका लागि गर या छाडको कडा दबाबमा छ । तर यसमा जीत निकाल्नका लागि नेपाललाई निकै चुनौती नै हुनेछ । किनभने अहिले सम्मको खेलमा भारत बलियो टिमको रुपमा प्रस्तुत भएको छ । यसअघि भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो ।

नेपाल भने समूह बीको उपविजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशसँग २–१ गोलअन्तरले पराजित हुदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको हो ।

यता, भारतले भने पहिलो खेलमा आयोजक भुटानलाई ४–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।