नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

केब्याग ईन्टरनेशनल मुवाईथाई च्याम्पेनशीपमा नेपालको बर्चश्व

ओखलढुङ्गान्युज, असोज १६ काठमाण्डौं । शोमबार काठमाण्डौमा भएको तेश्रो किब्याग अन्तराष्ट्रिय मुवाथाई च्याम्पेनशीप प्रतियोगितामा नेपालले बर्चश्व जमाएको छ । नेपाल लगायत भारत, अष्ट्रेलिया र थाईल्याण्ड गरि चार देशका खेलाडी सम्मेलित प्रतियोगितामा नेपालले बर्चश्व जमाएको हो ।

मंगलवार सम्पन्न प्रोफेशनल खेलमा ५७, ७० र ७५ के.जी. ताैल समूहमा नेपाल च्याम्पियन बन्यो भने ५१ केजी तौल समूहमा थाईल्याण्डले उपाधी चुम्यो । ५७ केजी तौल समूहमा भारतीय खेलाडीलाई हराउदै नेपालका गुणराज रुचालले उपाधी चुमे । ७० केजी तौल समूहमा अष्ट्रेलियन खेलाडीलाई हराउदै नेपालका रुपक नेपाली र ७५ केजी तौल समूहमा भएको खेलमा भारतीय खेलाडीलाई हराउदै नेपालका सन्देश मानान्धरले उपाधी चुमे । तर ५१ के.जी तौल समूहमा नेपालका सञ्जय राई थाईल्याण्डका खेलाडी सग पराजित हुन पुगे ।

अन्तराष्ट्रिय प्रोफेशनल प्रतियोगिता सगै नेपाली–नेपाली खेलाडीहरुका बीचमा पनि प्रतियोगिता सञ्चालन भएको थियो । नेपाली–नेपाली बिच भएको प्रतियोगितामा ५१ के.जी तौल समूहमा सुमित महतो, ५३ के.जी. तौल समूहमा सुनिल चौधरी र ५७ के.जी. तौल समूहमा राहुल श्रेष्ठ विजयी भए । त्यस्तै महिला तर्फको ५१ के.जी. तौल समूहमा रमीला लामा तथा ५५ के.जी. तौल समूहमा विद्या गुरुङले उपाधी रक्षा गरिन् ।

नेपाल राष्ट्रिय मुवाथाई संघ र के–ब्यागको संयुक्त आयोजनामा सम्पन्न 3rd Kbag International Muayathai Championship प्रतियोगीताका विजयी खेलाडीहरुलाई प्रदेश नं. ३ का सामाजिक बिकास मन्त्री युबराज दुलाल, नेकपा प्रदेश नं. ३ का अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडा, केब्याग स्पोर्ट्स प्रालिका अध्यक्ष कमल बस्न्यात तथा नेपाल रास्टि«य मुवाथाइ सङ्घका अध्यक्ष गणेशलाल कक्षपतीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा करीब दुई दर्जन खेलाडीहरुको सहभागीता रहेको थियो ।