नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बैंकर्स र निजामती कर्मचारी बिच मैत्रीपूर्ण फुटबल

ओखलढुङ्गान्युज, असोज १५ ओखलढुङ्गा । ओखलढुङ्गामा शनिवार मैत्रिपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा रहेको बैंक तथा वित्तिय संस्थाका कर्मचारी र जिल्लामा कार्यरत निजामती कर्मचारी बिच मैत्रिपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा निजामती कर्मचारीको टीम विजयी भएको छ ।

खेलको हाफ टाईम अगाडी सम्म बैंक तथा वित्तिय संस्थाको तर्फवाट २ गोल भएको थियो भने निजामती कर्मचारीको तर्फवाट १ गोल मात्रै भएको थियो । तर खेलको हाफ टाईम पछि नतिजालाई उल्टाउदै निजामती कर्मचारीको टिम विजयी भएको हो । मैत्रीपूर्ण फुटवल प्रतियोगितामा निजामती कर्मचारीको टिमले बैंक तथा वित्तिय संस्थाको टिमलाई ४ गोल गरेको थियो । कडा प्रतिष्पर्धात्मक खेलमा बैंक तथा वित्तिय संस्थाको तर्फवाट पनि  ३ गोल भएको थियो ।

खेलको अन्तिम समयमा निजामती कर्मचारीको तर्फवाट प्रविण खड्काले गरेको गोल नै निर्णायक हुन पुग्यो । प्रविण खड्काले गरेको अन्तिम गोल सगै निजामती कर्मचारीको टिम ४–३ गोलले विजयी भयो । विगतका दिनहरुमा भएको यस्तै मैत्रीपूर्ण फुटवल खेलमा ओखलढुङ्गामा बैंक तथा वित्तिय संस्थाले बर्चस्व राख्दै आएको थियो ।

जिल्लामा कार्यरत निजामति कर्मचारी र बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुका बिच सुमधुर सम्बन्धको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले खेलको आयोजना गरिएको आधिकारीक ट्रेड युनियन ओखलढुङ्गाका उपाध्यक्ष एवम् कोष तथा लेखा नियन्त्रक कार्यालय ओखलढुङ्गाका लेखापाल निलकमल निरौलाले जानकारि दिनुभयो ।