नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

निर्मलालाई न्यायको माग गर्दै प्रजिअ मार्फत प्रधानमन्त्रिलाइ ज्ञापन पत्र

 ओखलढुङ्गान्युज, असोज ७ ओखलढुङ्गा । हत्या गरिएकी निर्मलाको पन्तको लागि न्यायको माग गर्दै आज ओखलढुङ्गामा प्रदर्शन गरिएको छ । नेपाल महिला संघमा आवद्ध तथा अन्य महिला अधिकारकर्मीहरुले पन्तको न्यायको माग गर्दै आज ओखलढुङ्गमा विरोध प्रदर्शन गरेका हुन् ।

देशमा बढ्दै गएको बलात्कार तथा हत्याको घटना तथा पटक पटक बृद्धि गरिएको पेट्रोलियम पदार्थका मुल्य प्रति प्रर्दन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । विभिन्न नाराहरु लेखिएको प्लेकार्ड बोकर बजारमा विरोध प्रदर्शन पश्चात महिला अधिकारकर्मीको टोली जिल्ला प्रशासन पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीे मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा ज्ञापन पत्र बुझाइएको नेपाल महिला संघ जिल्ला कार्यसमिति ओखलढुंगाकी अध्यक्ष हेमालक्ष्मी राईले बताईन् ।

ज्ञापनपत्रमा देशमा तिनै तहको निर्वाचन सम्पन्न भैसके पश्चात नागरिकहरुले देशमा शान्ति, विकास र अमन चयनको अपेक्षा गरेकोमा सरकारले दुईतिहाईको दम्भ देखाउदै अपराधिक कृयाकलापमा संलग्नहरुको पहिचान गर्न नसकेको आरोप लागाईएको छ । त्यस्तै मूल्य बृद्धि नियन्त्रण गर्न नसकेको, देशमा बलात्कार र हत्याको सृंखला बढ्दा पनि सरकार लाचार भएको आरोप लगाउदै ती कुराहरुको तत्काल नियन्त्रण गर्दै कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई यथासिघ्र पक्राउ गरि कानूनी कठघरामा ल्याउन माग गर्दै चार वटा बुँदाहरु माथि सरकारको ध्यानाकर्ष गराइएको छ ।