नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

संबिधान अपरिवर्तित दस्तावेज हैन ः माननिय न्याधिश थापा

विवेश श्रेष्ठ, असोज ३ ओखलढुङ्गा । ओखलढुङ्गामा पनि विविध कार्यक्रमका साथ बुधवार संबिधान दिवस मनाईएको छ । ०७२ साल असोज ३ गतेका दिन नेपालमा संविधान जारी भएको खुशीयाली संझना स्वरुप विभिन्न कार्यक्रम गरेर ओखलढुङ्गा सदरमुकाममा पनि संविधान दिवस मनाईएको हो ।

संबिधान दिवसको अबसरमा ओखलढुङ्गामा वृहत र्यालीको आयोजना गरिएको थियो । र्याली पछि उच्चअदालत बिराटनगर अस्थाई ईजलास ओखलढुङ्गाका प्रमुख न्यायधिश बिदुर बिक्रम थापाको प्रमुख आतिथ्यतामा सभा सञ्चालन भएको थियो । र्याली पछि भएको सभामा माननिय न्यायधिश बिदुर बिक्रम थापाले संविधान अपरिवर्तित दस्तावेज नभएको बताउनु भएको थियो । संबिधान समयअनुसार र सबैका मुद्दा समेट्ने खालको बनाउन सकिने बताउदै अहिलेको संविधानलाई सबैले स्विकार्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले समाज विकासको समय अनुसार संबिधानलाई पनि संशोधन गर्न अनिवार्य भएको बताउनुभयो ।

त्यस्तैगरि कार्यक्रममा सिद्धिचरण नगरपालीकाका प्रमुख मोहन कुमार श्रेष्ठले संबिधान सबै नेपालीहरुको साझा दस्ताबेज भएको हुँदा यसमा अमान्य कुराहरुलाई पुनः परिवर्तनका लागी सबैले जोड दिनुपर्ने बताउनुभयो । पहिलेको संबिधानमा अधिकार मात्रै उल्लेख भएको तर अहिलेको संबिधानमा नागरिकको कर्तव्यको पनि कुरा समेटिएकोले यो संबिधान संसारकै उत्कृष्ट संबिधानको रुपमा रहेको पनि प्रमुख श्रेष्ठले बताउनुभयो ।

जिल्ला सदरमुकाम जस्तै जिल्लाका सबै स्थानीय तहहरुमा पनि विविध कार्यक्रमका साथ संबिधान दिवस मनाईएको छ । संबिधान दिवसको अबसरमा मानेभञ्ज्याङ्ग गाउँपालिकाले बृक्षारोपण गरेको छ । सरकारी दिवसका वेलामा विद्यालयका विद्यार्थीहरुलाई र्यालीमा प्रयोग गरीएको भन्दै कतिपयले आलोचना समेत गर्न भ्याएका थिए ।

चौथो संबिधान दिवसका अवसरमा जिल्ला सदरमुकामको खाद्य गोदाम घर अगाडीवाट निकालीएको र्याली जिल्ला समन्वय समिती ओखलढुङ्गाको सभाहलमा पुगी सभामा परिणत भएको थियो । र्यालीमा जिल्ला सदरमुकाम र सदरमुकाम नजिकै रहेका सगरमाथा जनता मावि, जाल्पा मावि, लालीगुँरास अंग्रेजी स्कुल, शुभलक्ष्मी अंग्रेजी स्कुल लगाएत बिद्यालयका विद्यार्थीहरुले पनि सहभागिता जनाएका थिए । र्यालीमा एकहजार बढी विद्यार्थी, शिक्षक, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी, स्थानीय सरकारका प्रमुखहरु, सुरक्षा निकाय, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

र्याली पछि जिल्ला समन्वय समितिको सभाहलमा भएको सभालाई उच्च अदालत विराटनगर, अस्थायी इजलाश ओखलढुङ्गाका बरिष्ठतम् न्यायधीश विदुरविक्रम थापा, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, उपप्रमुख इच्छाकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, जिल्ला सरकारी वकील सिर्जना घिमिरे तथा राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा अतिथिहरुको आसनग्रहणको क्रममा नगरपालिकाको उपप्रमुखको रुपमा हेमालक्ष्मी गुरुङलाई आसन ग्रहणका लागि सञ्चालकले बोलाउदा सहभागीहरुमा अन्यौलता पनि भएको थियो । औपचारीक रुपमा बनाईएको सेडुअल अनुसार नै कार्यक्रम सञ्चालन गरिदै गर्दा नियतबस सञ्चालकले नगरपालिकाको उपप्रमुखको नाम अर्कै लिएको भन्दै केही सहभागीहरुले आपत्ती जनाएका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख दिलकुमारी खतिवडाको अध्यक्षतामा भएको थियो ।