नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

काठमाण्डौबाट ओखलढुङ्गातर्फ आउँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, ८ जना घाईते

ओखलढुङ्गान्युज, असोज १ ओखलढुङ्गा । आज दिउसो उदयपुरको घुर्मीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् । मृत्यु हुनेमा एकजना विदेशी नागरिक रहेका छन् । काठमाण्डौबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना १ ज ७९६९ नम्बरको जिप उदयपुरको कटारी नगरपालिका १४ घुर्मी बजार नजिक शोमवार दिउसो १ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा विदेशी नागरिक हुलेस सेभेलको घटना स्थलमै ज्यान गएको उदयपुर घुर्मीका ट्राफिक प्रहरी इन्चार्ज रामकुमार शाहले जानकारी दिनुभयो । ईञ्चार्ज शाहका अनुसार जिप सडकबाट करिब सय मिटर तल खसेको छ । जिपमा सवार २ विदेशी नागरिक मध्ये एक महिलाको मृत्यु भएको हो । उनि कुन देशकी नागरिक हुन् भन्ने खुलेको छैन ।

चालक र अर्का एक विदेशी नागरिक सहित ८ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई उपचारका लागि काठामण्डौ पठाईएको पनि प्रहरीले जनाएको छ ।