नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

पैरवी सञ्जाललाई सक्रिय बनाउने सामाजिक संस्थाहरुको उद्घोष

ओखलढुन्युज, भदौ १४ ओखलढुङ्गा । ओखलढुङ्गामा कृयाशिल सामाजिक संघ संस्थाहरुले आफ्नो साझा संस्था जिल्ला पैरवी सञ्जाललाई सक्रिय बनाउने निर्णय गरेका छन् । सोच नेपालले आज ओखलढुङ्गामा आयोजना गरेका छलफल तथा बैठकमा सहभागीहरुले यस्तो निर्णय गरेका हुन् ।

करीब एक वर्ष अगाडी युएसएआईडी र एफएचआई ३६० को सहयोगमा सोच नेपालले सञ्चालन गर्दै आएको नागरिक समाज र पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत ओखलढुङ्गामा पनि सार्वजनिक निजी समूहको गठन गरेको थियो । स्थानीय तहको संरचना अन्तर्गत जिल्लाका सबै अधिकार गाउँमा गएको र आगामी दिनहरुमा जिल्लामा रहेका यस्ता सञ्जालहरु गाउपालिका स्तरमा जाने भन्दै जिल्लामा यो सञ्जाल अन्तर्गत गरिने काम आगामी दिनहरुमा स्थानीय तहवाट नै सञ्चालन गर्ने निर्णय सोच नेपालले गरेको थियो ।

यही निर्णयलाई कार्यान्वयनका क्रममा जिल्ला सदरमुकाममा मात्र सिमित नरहने र स्थानीय तहमा जाने जानकारी गराउने उद्धेश्यले आज ओखलढुङ्गामा बैठक तथा छलफल आयोजना गरेको थियो । जिल्ला स्थित निजी तथा सार्वजनिक समूहको यो अन्तिम तथा समापन बैठक भएको सोच नेपालका जिल्ला संयोजक विएन श्रेष्ठले जानकारी गराएका थिए ।

समूहको अध्यक्षता गरिरहनु भएका जिल्ला समन्वय समितिका सदस्य सुन्तला परियारले सोच नेपाललाई अहिले सम्मको सहकार्यका लागि धन्यवाद दिदै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने क्रममा लक्षित बर्गका लागि पनि विशेष ध्यान दिएर कार्यक्रम गर्न अनुरोध गर्नुभयो । बैठक तथा छलफलका सहभागीहरुले जिल्लामा नागरिक समाजहरुको आवश्यकता र उपस्थितीलाई थप सक्रिय बनाउनु पर्ने भन्दै यसभन्दा अगाडी जिल्लामा सञ्जालको रुपमा रहेको पैरवी सञ्जाललाई सक्रिय बनाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।