नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

खानेपानीको पाईपमा विष हाल्ने सार्की पक्राउ

ओखलढुङ्गान्युज, भदौ १३ ओखलढुङ्गा । खानेपानीको पाइपमा विष हालेको आरोपमा ओखलढुङ्गाका उक व्यक्ति पक्राउ परेका छन् । खानेपानीको पाईपमा विष हालेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ ठूलाछापका सिताराम सार्की रहेका छन् ।

छरछरे सितलादेवी खानेपानी आयोजनाको पाइपमा विष हालेर उपभोक्ताको हत्या गर्न खोजेको अभियोगमा ३४ वर्षीय सार्कीलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । स्थानीय उपभोक्ताको उजुरीका आधारमा अनुसन्धान गर्दा खानेपानीको पाइपमा विष हालेको र पाइपबाट व्यक्तिका गोठमा राखिएको प्लाष्टिक ट्यांकीसम्म विष पुगेको पुष्टि भएपछि सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो ।

अनुसन्धानबाट विष हालेको पुष्टि भएको उहाँले जनाउनुभयो । आरोपित सार्कीले एकजना छिमेकीले पालेका ब्रोइलर कुखुरा मार्न विष हालेको स्वीकार गरेको प्रहरीको भनाइ छ । खानेपानीका उपभोक्ताहरुले भने विष हालेर समुदायका विभिन्न व्यक्तिको ज्यान लिन खोजेकाले ज्यान मार्ने उद्योग अन्र्तगत कारवाही हुनुपर्ने माग गरेका छन् । समुदायबाट आउने जाहेरी हेरेर मुद्दाको प्रकृया अघि बढाइने प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक शर्माले जानकारी दिनुभयो ।