नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मानेभञ्ज्याङ्गमा सवारी दुर्घटना, एक गम्भिर घाईते

ओखलढुङ्गान्युज, भदौ १३ ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सवारी दुर्घटना भएको छ । सिद्धिचरण राजमार्ग अन्तरगत मानेभञ्ज्याङ गाँउपालिका ६ स्थित हिलेपानीमा टाटासुमो र मोटरसाईकल एकआपसमा ठोकिदाँ एकजना घाईते भएका छन् ।

बुधबार दिउसो कटारीबाट ओखलढुङ्गा आउदै गरेको ना १ ज ३८८७ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउदै गरेको बा ९६ प ३३११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालक मानेभञ्ज्याङ गाँउपालिका ६ हिलेपानी निवासी २७ बर्षिय राजेश राई घाईते भएका हुन् ।  दुर्घटनामा परी राईको दाहिने खुट्टा भाँचिएको छ ।

राईको उदयपुरको घुर्मी स्थित एक मेडिकलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनापछि सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा अन्य क्षती भने भएको छैन । दुर्घटना तिब्र गतिका कारण भएको प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।